बलिउड तथा टीभी कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण निधन

बलिउड तथा टीभीका कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण देहावसान भएको छ । उनी ५२ वर्षका थिए । 

अभिनेता बन्नुअघि उनी सेनामा मेजर थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए । 


Advertisement

उनले साहो, द गाजी अट्याक, रकेट सिंह लगायत चलचित्र र स्पेसल अप्स, अनदेखी लगायतका वेब सिरीजमा पनि काम गरेका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्