×

NMB BANK
NIC ASIA

उर्लाबारीका मेयर ‘फरार आरोपी’को सूचीमा !

बैशाख २१, २०७८

NTC
Premier Steels

अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ ।

Muktinath Bank

उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई ‘फरार’को सूचीमा राखेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका बस्नेतमाथि मेयर र उनका भतिजोले निर्ममतापुर्वक आक्रमण गरेको प्रत्यक्षदर्शी प्रेम बास्तोलाले बताए । सख्त कुटपिट भएका बस्नेतलाई उद्धार गर्नुको साटो प्रहरीले उल्टै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

Vianet communication

विधिको शासन भएको मुलुकमा कानून हातमा लिने छुट कसैलाई नभएपनि ‘स्थानीय सरकारकै प्रमुख’लाई नियन्त्रणमा लिएर मुद्दा अभियोजन गर्न सकस परेको एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताए । इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले उजुरी दर्ता भएको स्वीकार्दै भने– ‘आरोपीलाई कानुनको दायरामा ल्याउन कटिबद्ध छौ ।’

यद्यपि मेयर र उनका भतिजोलाई कहिले नियन्त्रणमा लिनुहुन्छ ? भन्ने प्रश्नमा खड्काले अनुसन्धानकै चरण भएकोले केहि बताउन नमिल्ने जनाए । यस्तै, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले घटनाबारे आफु अनभिज्ञ रहेको जनाउदै बुझेर प्रतिक्रिया दिने बताए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x