×

NMB BANK
NIC ASIA

ध्रुवीकरणतर्फ राजनीति

उपेन्द्र निवासमा प्रचण्ड–नेपाल छलफल : ओलीविरुद्ध मोर्चाबन्दी, नयाँ सरकारसम्मै सहकार्य !

बैशाख २२, २०७८

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी शुरू गरेको छ ।

Muktinath Bank

जसपा अध्यक्ष उपेन्द्र यादवको निवास हात्तीवनमा बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल र यादवबीच संसद्मा ओलीलाई विश्वासको मत पुग्न नदिने सहमति भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । बैठकमा नेता नेपालले ओलीलाई विश्वासको मत नदिने बताएको स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

‘तीन नेताबीच ओलीलाई हटाएर नयाँ सरकार बनाउने सहमति भएको छ,’ माओवादीका दोस्रो तहका एक नेताले लोकान्तरसँग भने । 

Vianet communication

बैठकमा नयाँ सरकार बन्ने अवस्थामा माधव नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने विषयमा समेत छलफल भएको थियो ।

स्पष्टीकरण सोधिएकामध्ये एमालेका कम्तिमा २० सांसदले राजीनामा दिँदा संसद्मा नयाँ सरकार बनाउन १२६ सांसद भए पुग्ने सम्भावना रहन्छ ।

‘ओलीलाई हामीले समर्थन गर्न सक्दैनौं, विकल्प खोजौं भनेर माधव नेपालले स्पष्ट कुरा राख्नुभयो,’ जसपा स्रोतले भन्यो । 

आफ्नो निवासमा भएको भेटमा माधव नेपाल पक्षका सांसदले राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।

‘केपी ओली प्रतिगमनकारी हो, उनी संघीयता, गणतन्त्र सबैको विरोधमा लागेका छन्,’ जसपा अध्यक्ष यादवले भने, ‘हामी यो प्रतिगमनकारी सरकारको विकल्प खोज्न एकमत छौं ।’

जसपाभित्र बहुमतभन्दा पनि सर्वसम्मत तरिकाले नै उक्त निर्णय गराउने आफ्नो प्रयास रहेको यादवले बताए।

‘मैले आन्दोलन गरेर संघीयता ल्याएको हो, केही साथीहरू मेरो प्रस्ताव वा मेरो राजनीतिक लाइनबाट अलग देखिनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘तर, पार्टीभित्र चाहे म एक्लै भए पनि त्यसका लागि लड्ने छु, ओली सरकारको विकल्प खोज्न तयार हुनुपर्छ।’

यद्यपि त्यस विषयमा हालसम्म पार्टीले निर्णय नगरेको उनले बताए। ‘हामी पार्टीका साथीहरूसँग कुरा गर्दैछौं, पार्टीले छिट्टै बैठक बसेर उक्त कुराको निर्णय गर्नेछ,’ उनले थपे, ‘पार्टीमा सर्वसम्मतले नै निर्णय होस् भन्ने मेरो चाहना छ ।’

विश्वासको मतको प्रक्रिया शुरू भएपछि वा अविश्वासको मत परेपछि त्यसबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभामा कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् ।

माधव नेपाल पक्षका कम्तिमा २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा गरेको अवस्थामा प्रतिनिधि सभामा बहुमत पुर्‍याउन जसपाका १६ सांसदको साथ भए पुग्ने विश्लेषण गरिएको छ ।

समानुपातिक सांसदले राजीनामा गरेको खण्डमा भने प्रधानमन्त्री ओलीले तत्कालै अर्को सांसद नियुक्त गर्न सक्छन् ।

माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएको खण्डमा जसपाको उपेन्द्र–बाबुराम पक्षको साथले सरकार बनाउन पर्याप्त हुने देखिन्छ ।

उक्त पक्षका १८ जना सांसदले ओलीविरुद्ध हस्ताक्षर गरेको बाहिर आएको थियो । 

वैकल्पिक सरकार गठनको गृहकार्य गरेका कांग्रेस, माओवादी र जसपाले आवश्यक बहुमत पुर्‍याउन सकेका छैनन् ।

बैठकमा उपेन्द्र यादवले नयाँ सरकार बन्ने अवस्थामा २२ भन्दा बढी सांसदको समर्थन रहने बताएका थिए । तीन नेताहरूबीच पछिल्ला दिनमा लगातार जस्तो कुराकानी भइरहेको छ । 

तीन नेताले वैशाख २७ गते अगावै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेमा समेत छलफल गरेका थिए । 

प्रचण्डले मंगलवार बसेको स्थायी कमिटी बैठकमा अविश्वासको प्रस्ताव ल्याउने परिस्थिति बन्दै गएको बताएका थिए । 

उपेन्द्र यादवको निवासमा तीन नेताको छलफलअघि मंगलवार साँझ धुम्बाराहीस्थित एक व्यापारीको घरमा कांग्रेस नेताहरूसहितको छलफल भएको थियो ।

सो छलफलमा समाजवादी पार्टीका अध्यक्ष यादवले अविश्वासको प्रस्तावको पक्षमा अगाडि बढ्न कांग्रेस र माओवादीका नेताहरूसँग आग्रह गरेका थिए । 

यसअघि वैशाख १७ गते आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनको प्रयास जारी रहेको बताएका थिए । 

आफ्नो पक्षमा संख्या नपुगेको बताएका देउवा मंगलवारको छलफलपछि बहुमत पुग्नेमा ‘विश्वस्त’ देखिएको स्रोतको दाबी छ । 

मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो । 

तीन दलबीच आसन्न राष्ट्रिय सभा उपनिर्वाचनमा सहकार्यको सहमति भएको छ । सहमतिअनुसार बाग्मती प्रदेशमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय भएको छ । 

माओवादीका तर्फबाट उम्मेदवार बनेपनि देवकोटा माधव नेपाल कोटाबाट उम्मेदवार बन्न लागेको स्रोतको दाबी छ ।

बाग्मतीमा देवकोटालाई साझा उम्मेदवार बनाउने र लुम्बिनी प्रदेशमा रिक्त भएको स्थानमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x