×

NMB BANK
NIC ASIA

कर्णालीमा मन्त्रीको विषयमा मारामार, अन्ततः नियुक्ति स्थगित

बैशाख ३१, २०७८

NTC
Premier Steels

कर्णाली प्रदेशमा मन्त्री नियुक्तिको विषयमा चर्को विरोध भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर बहादुर शाहीले मन्त्रीहरु विमला केसी र नरेश भण्डारीको राजीनामा पछि आफू निकटका तीन मन्त्रीलाई नियुक्त गरेपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएको हो । 

Muktinath Bank

केसी र भण्डारीले मन्त्रीको रुपमा राम्रो काम गरेपनि माओवादीको निर्णय भन्दै उनीहरुलाई राजीनामा दिन लामो समययता दवाव परेपछि केही दिनअघि राजीनामा दिएका थिए । राजीनामा लगत्तै शाहीले  रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित गोपाल शर्मा, सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सीता नेपालीलाई मन्त्री नियुक्त गरेका थिए ।  विष्टले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए भने आर्थिक मामिला र योजना मन्त्री शर्मा बनेका छन् । 
कर्णाली प्रदेश सभामा माओवादी संसदीय दलकी सचेतक समेत रहेकी सीता नेपालीलाई भने जलस्रोत मन्त्री बनाइएको थियो । तर उनीहरुको नियुक्तिको विषयमा पार्टीभित्रै चर्को विरोध भएपछि दुई दिनयता शपथ नै रोकिएको थियो भने अन्ततः मुख्यमन्त्री शाही निर्णयबाटै पछि हटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 मन्त्री बनेका गोपाल शर्मा माओवादी नेता जनार्दन शर्माका भाइ समेत हुन् । योग्यलाई भन्दा पनि आफ्नालाई मन्त्री बनाउने प्रयास भएको भन्दै काँग्रेसले समेत विरोध गरेको थियो । 
नेकपा विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले कांग्रेसको समर्थन र एमालेको माधव नेपाल पक्षको सहयोगमा संसदमा विश्वासको मत जितेका थिए । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार मुख्यमन्त्री शाहीलाई संसद्‌मा विश्वासको मत दिएको कांग्रेसले दुई मन्त्रालय मागेको छ । तर त्यसको सुनुवाइ नगरी  मुख्यमन्त्री शाहीले आफू निकटलाई मन्त्री बनाउने काम गरेका थिए । काँग्रेसले एकलौटी रुपमा अघि बढे ‘देखाइदिने’ चेतावनी दिएपछि शाही संकटमा परेका हुन् । 

Vianet communication

अब सहमती खोज्ने गरी शाहीले शुक्रबार निर्णय फिर्ता लिँदै आफूसहितको चार सदस्यीय मन्त्रिमण्डलमात्रै कायम राखेर पुनः पुनर्गठन गरेको जनाएका छन् । 

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ अनुसार मन्त्रिमण्डलको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेका हुन् । 
जसअनुसार फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउने नन्द सिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाही मात्रै मन्त्री रहेका छन् । बाँकी मन्त्रालय रिक्त रहेका छन् भने मुख्यमन्त्री आफैले राखेका छन् । कर्णालीमा ६ वटा मन्त्रालय रहेकामा सीता नेपालीका लागि एक मन्त्रालय थप्ने समेत निर्णय भइसकेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x