मुलरको कीर्तिमानीसँग लेवान्डोस्कीको बराबरी

 जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शनिवार राति भएको खेलमा बायर्न फ्रेईवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।


Advertisement

फ्रेईवर्गको मैदानमा २६ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

यससँगै लेवान्डोस्कीले जारी सिजन ४० औं गोल पूरा गरेका छन् । उनले २८ लिग खेलमा ४० गोल पूरा गरेका हुन् ।

लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक ४० गोल गर्ने बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमानसँग समेत बराबरी गरेका छन् ।

मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

खेलको ८१ औं मिनेटमा फ्रेईवर्गका क्रिस्टियनले गोल गरेपछि बायर्न २-२ को बराबरीमा रोकियो।

यस बराबरीसँगै शीर्ष स्थानको बायर्नले ३३ खेलमा ७५ अंक जोडेको छ । बायर्न यस अघि च्याम्पियन बनिसकेको छ ।

फ्रेईवर्ग ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्