×

NMB BANK
NIC ASIA

प्राकृतिक विधि

कोरोनाकालमा धूपन : ‘स्यानिटाइज’ गर्ने वैदिक विधि

जेठ ८, २०७८

NTC
Premier Steels

कोरोना महामारीको असर अहिले हामी सबै मनुष्य जातिमा परिरहेको छ । यसबारे धेरै कुरा लेखिइरहेका छन् र लेखिइरहनेछन् ।

Muktinath Bank

अहिले महामारीको एउटा अभिन्न अंग बनेको छ – स्यानिटाइजर । विसंक्रमण अर्थात् स्यानिटाइज ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा पहिला ‘स्यानिटाइज’ थिएन वा गरिँदैनथ्यो भनियो भने मूर्खता हुनजान्छ । परापूर्वकालमा पनि स्यानिटाइजरको प्रयोग हुने गर्थ्यो तर अहिलेजस्तो कृत्रिम होइन, प्राकृतिक हुन्थ्यो । त्यसको उल्लेख आयुर्वेद संहिताहरूमा पाइन्छ ।


Advertisment
Nabil box
Kumari

कोरोना महामारीभन्दा पहिला स्यानिटाइज सीमित थियो अर्थात् हस्पिटलमा प्रयोग गरिन्थ्यो भने अन्य ठाउँमा प्रायः गरिँदैनथ्यो । अहिले व्यापक प्रचलनमा छ यद्यपि त्यसले शरीरमा पार्ने असरबारे बिस्तारै विद्वानहरूले भन्दै जालान् ।

Vianet communication

आज हामीले कोरोना संक्रमणपछि वा अन्य समयमा घरकोठामा प्राकृतिक रूपमा संक्रमण हुन नदिन वा संक्रमणपश्चात थप फैलन नदिन के गर्न सक्छौं ? यसबारे आयुर्वेदमा के वर्णन गरिएको छ ? यसबारे केही कुरा बताउने प्रयास गर्नेछु ।

अब हामीले यसलाई अपनाउनुको विकल्प छैन किनकि अहिले विभिन्न अध्ययन र आँकडा हेर्दा कोरोना महामारी कुनै न कुनै रूपमा हामीमाझ केही समय रहनेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसबीचमा हामीले आफूलाई स्वस्थ राख्न स्वस्थ दिनचर्या, सात्विक भोजन, योग–प्राणायाम जस्ता हाम्रा पूर्वीय दर्शन र विश्वकै प्राचीन चिकित्सा आयुर्वेद पद्धतिको उपचारबारे पनि धेरथोर अनुभव गरिरहेकै छौं । कसैले स्वीकार गरे पनि, नगरे पनि स्वस्थ जीवनशैली र सही आयुर्वेदको प्रयोग विना कुनै पनि रोगबाट निवृत्त हुन सकिँदैन, जुन तथ्य पुष्टि हुँदै गइरहेको छ भने विज्ञानले बिस्तारै पुष्टि गर्दै जानेछ । 

बुद्विमानी के हुन्छ भने विज्ञानले पुष्टि गरेपछि मात्रै मान्छु, नभए मान्दिनँ भनेर हुँदैन किनकि आजसम्म आयुर्वेद ग्रन्थहरू/संहिताहरू विभिन्न कालखण्डमा अनुसन्धान हुँदै आएका हुन् र अहिले पनि हुँदैछन् तर गलत सावित भएका छैनन्/हुने छैनन् किनकि ती कुराहरू हामी मनुष्य जाति र सम्पूर्ण  प्राणी जातिको स्वास्थ्यको रक्षा गर्न रोगी प्राणीलाई रोगबाट मुक्त गराउन सृष्टि उत्पत्तिसँगै ब्रह्माजीले १ हजार अध्याय र १ लाख श्लोकमा त्रिसूत्रात्मक आयुर्वेदको स्मरण गरी ऋषिमुनिबाट क्रमशः हामीमाझ आएको हो ।

अब आजको विषयतर्फ लागौं –

हवन – यज्ञ धेरै व्यापक विषय हो भन्ने कुरा अथर्ववेदको यो श्लोकबाट पनि पुष्टि हुन्छ – 

अयं यज्ञो विश्वस्य भुवनस्य नाभिः।
– अथर्ववेद ९.१५.१४

यज्ञ नै समस्त विश्व–ब्रह्माण्डको मूल केन्द्र हो ।

यसबारे विस्तृत वर्णन यसैसम्बन्धी विद्वानले गर्नुहोला । आजको हाम्रो विषय धूपन हो, यद्यपि यसबारे जान्नुभन्दा पहिला यज्ञ र हवनबारे थोरै कुरा गरौं । यज्ञ कुनै पनि मनोकामना पूर्ति गर्न वा कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यसमा देवता, आहुति, वेद मन्त्र, ऋत्विक, दक्षिणा आदि अनिवार्य गरिएको हुन्छ । यज्ञको उद्देश्य र प्रकृतिअनुसार ब्राह्मण, यज्ञकुण्ड, त्यसमा प्रयोग गरिने मन्त्र जस्ता कुराको निश्चित परिमाण फरक–फरक हुने गर्छ ।

हवन भनेको यज्ञको एउटा सानो अंश हो । कुनै पनि पूजा, जप, व्रत आदि कार्यपछि निश्चित संख्यामा अग्निमा आहुति दिइन्छ, त्यसैलाई हवन भनिन्छ । 

आज हामीले चर्चा गर्न खोजेको विषय धूपन हो । कोठा/घर आदि आफ्नो वरपरको वातावरण विसंक्रमण गर्न धूपन धेरै सजिलो, कम समय र थोरै खर्चमा कोरोनाकालमा स्वस्थ रहन गर्न सकिने महत्त्वपूर्ण कार्य हो ।

सामग्री र प्रयोग गर्ने तरिका –

दाउरा (सकेसम्म आँप, पलास आदि), कपुर, सर्स्यू, ल्वाङ, तिल, गुग्गुल धुप, उशिर, तेजपत्र, असुरोको पात, अर्जुन, जेठीमधु, चन्दन, बेसार, सुकमेल, गुड, किसमिस आदि द्रव्य लिने र घ्यूमा मिसाएर धुवाँरहित आगो बनाउने र त्यसमा थोरैथोरै राख्ने । यसमा सामग्री जे–जे उपलब्ध हुन्छन्, तिनीहरू मात्रै राखेर पनि गर्न सकिन्छ ।

यसो गर्दा जुन ठाउँमा धूपन गरिन्छ, त्यहाँ विषाणु, सर्प, किराहरू आउँदैनन् भनेर उल्लेख गरिएको छ ।

... धूपो वासगृहे हन्ति विषं स्थावरजङ्गमम् ।
न किटाः सविषास्तत्र नोन्दुरा न सरीसृपाः।।
अ.स. ८/११६–१८

त्यसैगरी ज्वरोको प्रकरणमा ज्वरो हटाउन वा ज्वरोपछि अन्यमा संक्रमण नहोस् र वरिपरिका जीवाणुहरू नष्ट होउन् भनि आचार्य चक्रदत्तले उल्लेख गर्नुभएका केही उदाहरण –

अष्टाङ्ग धूपः

पलंकषा निम्बपत्रं वचा कुष्ठं हरीतकी ।
सयवाः सर्षपाः सर्पिर्धूपनं ज्वरनाशनम् ।।

गुग्गुल, निमको पात, बोझो, कूष्ठ, हर्रो, जौ, सर्स्यू, घ्यू सबैलाई बराबर मिसाएर ज्वरो आएको व्यक्ति बसेको स्थानमा धूवाँरहित अग्निमा जलाउने ।

अपराजित धूपः

गुग्गुल, गन्धतृण, बोझो, सर्स्यू, निमको पात, आँकको पात, अगुरु, देवदारू र घ्यूको मिश्रण ।

यसरी धूपन गर्दा आफूले जानेको मन्त्रको साथमा पनि गर्न सकिन्छ, त्यसो गर्दा त्यसको प्रभाव अझ धेरै हुन जान्छ/प्रभावकारी हुन्छ ।

केही वैज्ञानिक तथ्य पनि हेरौं –

नेसनल बोटनिकल रिसर्च इन्स्टिच्युट लखनउमा गरिएको परीक्षणमा हवन गर्दा त्यसमा प्रयोग गरिने सामग्रीको गुडले वरिपरिको हावामा रहेका किटाणुहरू मर्छन् भनेर उल्लेख गरिएको छ ।

डा. एम त्रिल्टले गरेको एउटा शोधमा हवन गर्दा  किसमिसको प्रयोग गर्नाले हावामा रहेका टाइफाइड फैलाउन सक्ने कीटाणु ३० मिनेटमा खत्तम हुन्छन् भनि उल्लेख छ ।

फ्रेन्च वैज्ञानिक तिल्वेर्टले आफ्नो शोधमा हवनमा गुडको प्रयोग गर्नाले हावा स्वच्छ हुन्छ साथै मिजल्स जस्ता घातक बिमारी फैलाउने ब्याक्टेरिया मर्छन् भनि उल्लेख गरेका छन् । (यी तथ्यहरू इन्डियन जर्नलबाट लिइएको हो ।)

एमडी (मेडिसिन) डा. कुन्दन लालले आफ्नो खोजमा हवनमा जम्मा १ किलो आँपको दाउरा बाल्नाले त्यसको धूँवा हावामा मिलेपछि ९४ प्रतिशत कीटाणु मर्नुका साथै २४ घण्टासम्म ९६% व्याक्टेरियामुक्त वातावरण हुन्छ भनी उल्लेख गरेका छन् । अब नगर्ने त धूपन !?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x