×

NMB BANK
NIC ASIA

कोरोना संकट

कोरोनाको ‘इपिसेन्टर’ लुम्बिनीमा ६० प्रतिशतसम्म घट्यो संक्रमण, अस्पतालमा पाइन थाल्यो बेड !

जेठ १७, २०७८

NTC
Premier Steels

कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेशमा संक्रमण दर ह्वात्तै घट्न थालेको छ । 

Muktinath Bank

संक्रमणको ‘हटस्पट’ बनेको बाँके, रूपन्देही र दाङलगायतका जिल्लामा ६० प्रतिशत भन्दा बढीले संक्रमण घटेको तथ्यांकले देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेड अभावले अस्पतालको भुइँ र गल्लीमा समेत बिरामी भरिभराउ थिए । अहिले आईसीयू बेड समेत खाली हुन थालेका छन् । चार अंकमा पुगेको संक्रमण अहिले दुई अंकसम्म झरेको छ ।


Advertisment
Nabil box
Kumari

२ अंकबाट मृत्यु १ अंकतर्फ ओरालो लागेको छ । कोरोनाको दोस्रो लहर लुम्बिनीको बाँकेबाट शुरू भएको थियो । वैशाख १० गतेदेखि बाँकेमा सुनामीको रूपमा फैलिएको संक्रमण जेठ दोस्रोबाट कम हुन थालेको देखिन्छ । 
आइतबार बाँकेमा सबैभन्दा कम १२ जनामा संक्रमण देखियो भने रुपन्देहीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । ५ जनाको मृत्यु भएको छ ।

Vianet communication

बाँकेमा यो कोरोनाको दोस्रो लहर शुरू भएपछिकै कम संक्रमण हो । बाँकेमा पनि गएराति ५ जनाको मृत्यु भएको छ । 

वैशाख तेस्रो सात रुपन्देहीमा एकै दिन १ हजार १०० र बाँकेमा १ हजार जनामा समेत संक्रमण पुष्टि भएको थियो । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मातहत धागो कारखानामा सञ्चालित कोभिड अस्पतालका १४ वटा आईसीयू बेडमध्ये ३ वटा अहिले खाली छन् । 

त्यस्तै अस्पतालकै ३६ वटा एचडीयू शय्यामध्ये १० वटा खाली छन् ।  

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले भने, ‘पछिल्लो ५/६ दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै घटेको बताए ।

‘आईसीयूमा पुरानै बिरामी उपचाररत छन्,’ डा. गौतमले लोकान्तरसँग भने, ‘आकस्मिक कक्षका ३९ बेडमा ६० भन्दा बढी बिरामी हुन्थे । भुइँमा डाक्टर हिँड्ने बाटो समेत हुँदैनथ्यो । अहिले इमरजेन्सीको एउटा बेडमा एक मात्र बिरामी छन् ।’ 

गौतमले थपे, ‘परीक्षणमा त्यति कमी आएको छैन । तर, कोरोना देखिने दरमा कमी आएको छ । यसले अब संक्रमण ‘पिक आवर’ मा पुगेर ओरालो लागेको हो कि भन्ने देखिन्छ । तर, यो ढुक्क हुने अवस्था चाहिँ होइन ।’
भैरहवाको भीम अस्पतालमा पनि बिरामीको चाप अहिले छैन । 

पालिकाहरूले बनाएको अक्सिजनसहितको आइसोलेसन सेन्टरहरूमा पनि संक्रमण थपिएको छैन ।

बाँकेको भेरी अस्पतालका २०० बेडमध्ये २० बेड खाली छन् । नेपालगञ्ज मेडिकल कलेज १३० बेडमध्ये ८० बेड खाली छन् ।

युनाइटेड अस्पतालका १९ बेडमध्ये ८ बेड खाली रहेका छन् । 

बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले पछिल्लो एक सातायता संक्रमण निरन्तर घटेको बताए । ‘दैनिक मृत्यु १७/१८ सम्म पुगेको थियो, अहिले ४/५ जनासम्म छ । अब मत्थर भएजस्तो देखिन्छ । सबैभन्दा बढी डरलाग्दो अवस्थामा पुगेको बाँकेले एक महिना एकदमै अप्ठ्यारो स्थिति भोग्नुपर्‍यो । अहिले सामान्यतर्फ गएको हो कि भन्ने संकेत छ,’ श्रेष्ठले लोकान्तरसँग भने । 

बाँकेमा कोरोनाको दोस्रो लहरबाट २९२ जनाको मृत्यु भएको छ । जटिल अवस्थामा पुगेपछि बल्ल अस्पतालको सम्पर्कमा आउँदा मृत्यु बढी हुन पुगेको श्रेष्ठ बताउँछन् । बाँकेका तीनवटा कोभिड प्रयोगशालाबाट अहिले दैनिक ३५० देखि ४०० जनाले परीक्षण गराउँदै आएका छन् । रुपन्देहीमा ४२० जनाको संक्रमणबाट मृत्यु भएको छ भने २ हजार ८३३ जना संक्रिय संक्रमित छन् । 

कपिलवस्तुमा पनि संक्रमण घटेको छ । कोरोनाको पहिलो लहरबाट कपिलवस्तु सबैभन्दा बढी प्रभावित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.  राजेन्द्रकुमार गिरीले संक्रमण तीव्र रूपमा घट्ने क्रममा रहेको बताए । 

‘अहिले बाक्लो बस्तीमा एन्टिजेन परीक्षण बढाउँदै छौं । टेन्ट कम हुँदा पनि पोजेटिभिटी कमै देखिनु संक्रमणमा घटेको संकेत हो ।’ 

बुटवल र तिलोत्तमामा अब एन्टिजेन परीक्षण तीब्र बनाइँदै छ । रुपन्देहीमा संक्रमण २५ हजारभन्दा माथि छ । यहाँका अस्पतालहरुमा मृत्यु हुनेहरू पनि पहाडी जिल्लाबाट उपचारको लागि झरेकाहरू छन । अहिले पहाडमा संक्रमण तराईको तुलनामा बढेको छ । अहिले अक्सिजनको हाहाकार पनि छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x