×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनको मुद्दा

अब संवैधानिक इजलास वरिष्ठताका आधारमै गठन हुने, एक साताभित्रै नियमावली संशोधन

जेठ १८, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरू माथिको सुनुवाइ वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई समेटेर संवैधानिक इजलास गठन गरेपछि मात्र शुरू हुने भएको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बारका पदाधिकारीको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली नै संशोधन गर्ने सहमति भएपछि आजका लागि इजलास स्थगित हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरूको सहभागिता सुनिश्चित गर्ने गरी नियमावली संशोधन गर्ने सहमति भएको सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नियमावली संशोधनका लागि तत्काल प्रस्ताव तयार पार्ने र एक हप्ताभित्र फूलकोर्टमा पेश गरी संशोधन गरिसक्ने सहमति भएको छ ।

Vianet communication

संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशहरूलाई समावेश नगरिएको तथा नेकपा दर्ता बदर सम्बन्धी फैसला गर्ने न्यायाधीशलाई समेटिएको भन्दै रिट निवेदक पक्षका कानून व्यवसायीहरूले कुरा उठाएका थिए ।

नेकपा सम्बन्धी फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त मुद्दालाई पुनरवलोकनको निस्सा नदिने न्यायाधीश तेजबहादुर केसी इजलासमा बस्न नमिल्ने उनीहरूको जिकिर थियो ।

आजको सहमति लगत्तै प्रधानन्यायाधीश जबराले मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई नियमावली संशोधनको प्रस्ताव तयार पारी फूलकोर्टमा पेश गर्न निर्देशन पनि दिएको अधिवक्ता शाक्यले जानकारी दिए । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरापछि वरिष्ठताका आधारमा न्यायाधीशहरू क्रमश: दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई लगायत छन् ।

कुनै न्यायाधीश स्वेच्छाले इजलासमा नबसेमा वा बस्न नमिलेमा उनीभन्दा पछिल्लो वरीयताका न्यायाधीशलाई समेट्ने गरी सहमति जुटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x