×

NIC ASIA

जनकपुरको अनौठो चुनावी इतिहास, कांग्रेसको बागी नै मेयरको सिटमा !

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

जनकपुरधाम, २१ जेठ — अहिलेको जनकपुर उपमहानगरपालिका र विगतको जनकपुर नगरपालिकामा मेयर तथा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारहरु नै निर्वाचित हुने गरेको इतिहास रहेको छ ।

राजनीतिक दलहरुले प्रमुख पदमा जित हासिल गर्न सकेको देखिँदैन । त्यसो त यो ठाउँलाई कांग्रेसको गढ क्षेत्रको रुपमा लिइन्छ ।

तर कांग्रेसले उठाएका पार्टीको उम्मेदवारको विरुद्ध कांग्रेसकै बागी उम्मेदवार स्वतन्त्र रुपमा निर्वाचित हुने गरेका छन् ।

२०४६ सालमा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि सम्पन्न स्थानीय निकायका चुनावहरुमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुले जिते । २०४९ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए ।

लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए । साहले कांग्रेसको आधिकारिक उम्मेदवार किशोरी साहलाई पराजित गरेका थिए ।

२०५४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंग प्रसाद साह स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए । साहले कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर उपाध्यायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह उपमेयरमा निर्वाचित भएकी थिइन् ।


२०५४ सालमा जनकपुरको निर्वाचन परिणाम


२०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा जनकपुर नगरपालिका भित्र १६ वटा वडाहरु थिए । ३८ हजार ४ सय ३४ मतदाता रहेको जनकपुर नगरपालिकामा त्यो चुनावमा २१ हजार ३ सय ९३ मत खसेको थियो ।

जम्मा ५५.६६ मत खस्यो । २०५४ सालमा जनकपुर नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य र महिला सदस्यहरु गरी कुल ८२ वटा पदहरुका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले २४, नेकपा एमालेले २२, राष्ट्रिय प्रजातन्त्र पार्टीले २० र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानमा जित हात पारेका थिए ।

उक्त निर्वाचनमा जनकपुर नगरपालिकामा मेयर पदका लागि १४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका दामोदर प्रसाद उपाध्याय, नेकपा एमालेका मदन मोहन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रवण कुमार साह, नेपाल सदभावना पार्टीका कामेश्वर भुमिहारले मेयर पदमा उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसको पकड मानिने जनकपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बजरंग प्रसाद साहले ५ हजार ९ सय
८७ मत ल्याई मेयरमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्र भई मेयरमा निर्वाचित भएका हुन् ।

कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर प्रसाद उपाध्यायले ५ हजार ७९ मत ल्याई दोस्रो र एमालेका मदन मोहन थापा ४ हजार १ सय ९३ मत ल्याई तेस्रो भएका थिए ।

त्यसैगरी जनकपुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह ७ हजार ८ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मोहम्मद असगर अलि मुसलमान ५ हजार ७ सय ३६ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

जनकपुरको वडा नं. १ मा नेकपा एमालेका माधव बहादुर थापा ३ सय २२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विष्णुदेव महतोले ३ सय १६ मत ल्याई दोस्रो र स्वतन्त्र उम्मेदवार उमेश प्रसाद सिंह राजपुत २ सय ४९ मत ल्याई तेस्रो भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका केशव प्रसाद ढुङ्गेल ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका मनोज कुमार शर्मा ३ सय ६० मत ल्याई पराजित भएका थिए ।


जनकपुर नगरपालिकाको वडा नं. ३ मा वडा अध्यक्षमा स्वतन्त्रबाट इश्वर कुमार ढुङ्गानाले १ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जोगेन्द्र साह तेली १ सय २६ मत ल्याई दोस्रो र स्वतन्त्रबाट जयविर राय कुर्मीले १ सय ४ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार राघोसिंह राजपुत ५ सय ९० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेकपा एमालेका भरत साह ५ सय ५४ मत ल्याई दोस्रो र नेपाली कांग्रेसका हेमचन्द्र चौधरीले २ सय ७७ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेका हफिज अनसारीले २ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रमोद कुमार चौधरीले २ सय ६ मत र राप्रपाका उमेश चौधरीले १ सय ४५ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

जनकपुर नगरपालिकाको वडा नं. ६ मा राप्रपाका इद्रीश कवाडी ४ सय ६६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने स्वतन्त्रबाट जगरनाथ साहले ४ सय ५९ मत ल्याई पराजितभएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ७ मा राप्रपाका जिवछ साह तेली ३ सय ९१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामएकवाल साह तेली २ सय ६४ मत र नेकपा एमालेका जगदीश साह तेली २ सय ५१ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ८ मा स्वतन्त्रबाट अवधेश कुमार पोखरेल ३ सय ९८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेका कामेश्वर प्रसाद महतो सुडीले २ सय १५ र नेपाली कांग्रेसका अवधेश कुमार ठाकुरले १ सय ३३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेका आनन्द राज ढकालले ५ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रेमचन्द्र कायस्थले ५ सय ३ र स्वतन्त्रबाट नारायण प्रसाद साह तेलीले ७३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका रामेश्वर ठाकुर हजाम ४ सय ६३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका टेकनारायण यादव ४ सय ४५ मत ल्याई दोस्रो र स्वतन्त्रका भोला प्रसाद साह कलवार १ सय मत ल्याई तेस्रो भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. ११ मा स्वतन्त्रबाट जानकी प्रसाद साह तेलीले २ सय ४७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका अर्जुन कुमार चौधरी २ सय २९ र स्वतन्त्रबाट किशोरी साह सुडी १ सय १७ मत ल्याई क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १२ मा राप्रपाका महेन्द्र साहले ७ सय ५ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शत्रुधन यादव ५ सय ६ मत र नेकपा एमालेका रामजुलम राउतले २ सय ८ मत मात्र ल्याउन सकेका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १३ मा नेकपा एमालेका सत्यनारायण यादवले ५ सय ५८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका विलट साह तेलीले २ सय ६५ र स्वतन्त्रका राम दयाल राउत कुर्मीले ७९ मत ल्याएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १४ मा स्वतन्त्रबाट रामबरण पासमान ३ सय २९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

जनकपुर नगरपालिकाको वडा नं. १५ मा नेपाली कांग्रेसका रामचन्द्र साह तेलीले ५ सय ५० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


जनकपुर नगरपालिकाको वडा नं. १६ मा नेपाली कांग्रेसका रामचन्द्र पजियार सुडीले १ हजार १ सय ९९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका विक्रम पजियार सुडीले ७ सय ८० र नेकपा एमालेका गंगाधर मण्डलले ४८ मत मात्र ल्याउन सकेका थिए ।


अहिले फेरिएको स्वरुप


२०१६ सालमा स्थापना भएको जनकपुर नगरपालिका १६ मंसिर २०७१ मा उपमहानगरपालिकाको रुपमा परिणत भएको छ । साविकमा १६ वटा वडा मात्र रहेकोमा अहिले २३ वटा वडाहरु भएका छन् ।

जनकपुर उपमहानगरपालिका भित्र कुल ७२ हजार २ सय ९० मतदाता रहेका छन् । विगतको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य राजनीतिक शक्तिको रुपमा थियो ।

तर, अब अर्को नयाँ राजनीतिक शक्तिको रुपमा राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्र पनि थपिएको छ । त्यसैले १४ अषाढ २०७४ मा हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा अब मुख्यतया नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, नयाँ शक्ति लगायतका राजनीतिक दलहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x