×

NMB BANK
NIC ASIA

महामारीले दिएको चोट

१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

असार ४, २०७८

NTC
Premier Steels

गत जेठ २० गते युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक ३५ वर्षीय पशुपति रजौरियाको मृत्यु भयो ।

Muktinath Bank

कोरोना संक्रमण भएका बिरामीलाई एचडीयू कक्षमा उपचार गर्ने डा. रजौरिया बिरामीलाई उपचार गर्दागर्दै अस्पतालको सोही कक्षमा आफैँ भर्ना भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक महिनाअगाडि अर्थात वैशाख २० गते कोरोना संक्रमण भएका डा. रजौरियालाई भैरहवा उपचार गर्न नसकेपछि अघिल्लो दिन हेलिप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

केही महिनाअघि मात्र विवाह गरेका रजौरियाकी पत्नी डा. हसिना वानु पनि उनीसँगै संक्रमित भएकी थिइन् । उनी भने निको भइन् ।

Vianet communication

अघिल्लो वर्ष असोज १५ गते कोरोना संक्रमितकै उपचारको क्रममा संक्रमित भएर सुर्खेत अस्पतालका सिनियर अर्थोसर्जन डा. हरि सापकोटाको भेरी अस्पतालमा निधन भयो ।

डा. सापकोटालाई संक्रमण पश्चात १० दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो डाक्टर थिए ।

कोरोना संक्रमण भएका बिरामीको उपचार गर्दागर्दै अहिलेसम्म ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 

‘कान्ति बाल अस्पताल, टिचिङ अस्पताल लगायत अस्पतालमा कार्यरत गरी देशभरका ४० स्वास्थ्यकर्मीले उपचारका आफैँ संक्रमित भएर ज्यान गुमाएका छन्,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘त्यसमध्ये २४ जना नर्स छन् ।’
कोरोना भाइरसको संक्रमणले अहिलेसम्म १६ जना डाक्टरले ज्यान गुमाएको नेपाल मेडिकल एसोसिएसनको तथ्यांकले देखाउँछ ।

कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको दोस्रो लहरमा १० जना डाक्टरले ज्यान गुमाएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमणमा ज्यान गुमाउनेमा आईएल आचार्य, मुकेश चौधरी, तारा श्रेष्ठ, केशवराज भट्टराई, पुज्यश्री कार्की, मुरत हुसेन, केपी सिंह, मोहम्मद समन अन्सारी, पशुपति रजौरिया र विकास सुवेदीको मृत्यु भएको नेपाल मेडिकल एसोसिएसनका प्रशासन सहायक प्रवेश लामिछानेले बताए ।

कोरोना संक्रमणका कारण पहिलो लहरमा डाक्टरहरू हरिप्रसाद सापकोटा, पशुपति चौधरी, नारायणबहादुर थापा, सुनिलचन्द्र झा, धुव्र मुडभरी र अर्का एक जना गरी ६ जनाले ज्यान गुमाएका थिए ।

हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिएन– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालय भने डाक्टरहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको बताउँछ ।

‘डाक्टहरहरूको पनि ज्यान बचाउनका लागि सम्भव भएसम्मका उपचार गरको थियौं, तर उनीहरूको शरीरको अस्वस्थ (रोग प्रतिरोधात्मक क्षमता) र भित्री अन्य रोगका कारणले उनीहरूलाई बचाउन सकिएन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने ।

उनले थपे, ‘उपचार गर्दा गर्दै पनि बचाउन सकेनौं । केही डाक्टरहरूको खोप आउनुभन्दा पहिला मृत्यु भएको छ । कतिपयको खोप लगाएपछि पनि मृत्यु भएको छ ।’

मन्त्रालयले पहिलो प्राथामिकतामा राखेर स्वास्थ्यकर्मीहरूलाई खोप लगाउँदा पनि केहीको मृत्यु भएको डा. पौडेलले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x