×

नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क बढाउँदै सुबिसु

असार ७, २०७८

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ ।

१५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।


Advertisment

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्नेछ । अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव
प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।


Advertisment

४०० जीबीपीएस सिंगल फाइबर युक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस इन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग दैशभर जडान गरिएको सुविसुले जनाएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेशन भएको कम्पनीको दावी छ । 

सुबिसुका सीईओ बिनय मोहन साउदले नोकियासँग निकै लामो समयदेखि काम गर्दै आएको र यसले गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको बताए । 

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावाले १८३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको बताए । 

नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x