कोरोना संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन

कोरोना भाइरस संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन भएको छ । 

गृहजिल्ला झापामा रहेका बेला केही हप्ताअघि संक्रमण भएर बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो ।


Advertisement

कोरोनासँगै फोक्सोमा निमोनिया र मिर्गौलामा समस्या देखिएपछि थापाको निधन अस्पतालले जनाएको छ ।

संगीतकार थापा नेपालको राष्ट्रगानका एक गायक हुन् । राष्ट्रगानका संगीतकार अम्बर गुरुङका शिष्य रहेका थापाले राष्ट्रगानमा स्वर दिएका थिए ।

काठमाडौंका डीएभी, सेन्ट म्यारी, शुभतारा लगायत स्कूलमा उनी संगीत प्रशिक्षक रहेका थिए ।  

उनी नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय सदस्य तथा भक्ति संगीत विभागका संयोजक थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्