×

NMB BANK
NIC ASIA

धारा ७६(५) बारे राष्ट्रपतिबाट संविधानको अपव्याख्या भयो, सर्वोच्चले सही व्याख्या गर्ला : देउवा

असार १२, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् ।

Muktinath Bank

राष्ट्रपतिबाट संविधानको अपव्याख्या भएकाले सर्वोच्च अदालतले सच्याउने देउवाको विश्वास थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा देउवाले धारा ७६(५) अनुसार सर्वोच्च अदालतले राष्ट्रपतिबाट भएको गल्ती सच्याउनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘हामीले अदालतबाट प्रधानमन्त्री बनाउने भनेका छैनौं तर संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ अदालत हो । संविधानको व्याख्याता सर्वोच्च हो र सर्वोच्चले संविधानको रक्षा पनि गर्छ भन्ने विश्वास छ,’ देउवाले भने । 

Vianet communication

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ४–५ घण्टा अगाडि बहुमत छैन भन्ने र साँझ बहुमत छ भनेर दाबी गर्नु अमिल्दो भएको देउवाको जिकिर छ ।
 
‘संसदको कुनै पनि सदस्यले बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा भनेर संविधानमा प्रस्ट लेखिएको छ, आधार भनेकै बहुमत सांसदको हस्ताक्षर हो । संविधानमा स्पष्ट लेखिएको कुरा हो,’ देउवाले भने । 

जेठ ७ गते प्रतिनिधिसभा विघटन भएपछि कांग्रेस सभापति देउवा १४६ सांसदको हस्ताक्षर लिएर आफूलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालत गएका थिए । 

‘संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो, सर्वोच्चले संविधानको रक्षा पनि गर्छ । हामी राष्ट्रपतिको खिलापमा अदालतमा गएको हो, नेपालको संविधानमा लेखिएको आधारमा प्रधानमन्त्री नियुक्त नगरिएका कारण । यदि सांसदहरूले स्वतन्त्र ढंगले सरकार बनाउन नसक्ने भए त्यो धारा राख्ने काम के थियो ? राष्ट्रपतिले संविधान अनुसार नगरेको हुनाले, राष्ट्रपतिले अपव्याख्या गरेकाले अदालतले व्याख्या गर्ला,’ देउवाले भने । 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोचविचार गरिकन संविधानमा धारा ७६(५) को व्यवस्था गरिएको बताए । एमाले नेता माधव नेपालले संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि दलीय ह्वीप नलाग्ने दाबी गरे । 

‘संविधानको धारा ७६(५) ले प्रधानमन्त्री बनाउने अधिकार सांसदलाई दिएको छ, विश्वासको मत लिने बेलामा मात्र दलीय ह्वीप लाग्छ । त्यो बेला सिनारियो परिवर्तन हुनसक्छ,’ नेपालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x