×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीले शिलान्यास गरेको एकीकृत सन्थाल बस्ती अलपत्र, जग्गा विवादले रोकियो काम

असार २५, २०७८

NTC
Premier Steels

गत फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको मोरङको उर्लाबारीस्थित एकीकृत सन्थाल बस्ती अलपत्र परेको छ ।

Muktinath Bank

मन्त्रीहरूसहित आएका प्रधानमन्त्री ओलीले बस्तीको शिलान्यास गर्दै चाँडै नै चिटिक्क परेका घर बनाएर ती घरमा सन्थालहरूलाई राख्ने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

उनले भाषण गरेको ५ महिना बित्न लाग्दा समेत भवन बन्ने छाँटकाँट छैन । शिलान्यासपछि त्यहाँ कोही पनि पुग्न सकेका छैनन् ।

Vianet communication

स्थानीयसँग जग्गाको विवाद नमिल्दा बस्ती निर्माण गर्ने काम अगाडि बढ्न नसकेको हो । 

रातो होली खोल्सीको छेउमा निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गाको विवादका कारण सन्थाल जातिका लागि निर्माण गर्न लागिएका घरहरूको काम अगाडि बढ्न नसकेको हो ।

जग्गाको विषयलाई लिएर संघीय सरकार र स्थानीय सरकारबीच पछिल्लो समय जुहारी नै चल्न थालेको छ ।

ओइलानी जग्गा भएतापनि वर्षौंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने स्थानीयबासिन्दाको भनाइ छ ।

बस्ती निर्माणको काम अगाडि बढाउनका लागि ठेक्का लागेपनि जग्गा विवाद नमिल्दा समस्या भएको संघीय आयोजना कार्यान्वयन इकाइका इञ्जिनीयर बह्मदेव चौधरीले बताए । 

उनले स्थानीय जग्गाको विवाद मिलाइदिए मात्रै काम अगाडि बढाउन सकिने बताए ।

यता उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले भने विवाद मिलाउन नसकिने बताए ।

‘हामीले सहजीकरण गरिदिने हो, भोगचलन गर्दै आएका जनताका कुरा सुन्दा हाम्रो तहबाट त्यो मिल्न सक्दैन,’ उनले भने ।

बस्तीमा १ सय ३२ घर निर्माण गर्ने जनाइएको छ, जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिको निर्माण गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ । 

लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति समुदायमा पर्ने सन्थाल जातिमा गरिएको सर्वेक्षण अनुसार २७ परिवारको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन नसक्ने अवस्था रहेको र उनीहरूको जग्गा भएकै स्थानमा बनाउने गरी कार्यक्रम अगाडि बढाइएको कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री ओली शिलान्यास गर्न आउँदा स्वागतका लागि बनाएको गेट समेत स्थानीयले भत्काएका छन् ।

बस्ती बन्ने आसमा बसेका सन्थालहरूले भने, ‘प्रधानमन्त्री आफैँ आउँदा खुशी लागेको थियो, त्यो खुशी अहिले हराउँदै गएको छ ।’

२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए भने अहिले पनि खोलाको किनारमा केही परिवार रहेका छन् । 

खोला बाढी आउँदा नसुती रात काट्ने गरेको डिठ्ठा मर्दी सन्थालले बताए । उनले सरकारले घर बनाइदिए राति जाग्राम बस्नुपर्ने दिन जान्थ्यो भन्ने अपेक्षा गरे ।

निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने जनाइएको छ ।

‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण गर्ने गरी ठेक्का लगाएको सुनेका छौं,’ सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेनले भने, ‘सरकारले हामीलाई ठग्नु भएन ।’ 

सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’मा उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीको विशेष पहलमा निर्माण गर्न लागिएको थियो । मोरङ राष्ट्रपति विद्यादेवी भण्डारीको गृह जिल्ला समेत हो । उर्लाबारी नगरपालिकाकी उमेयर लक्ष्मी भण्डारी राष्ट्रपतिकी देवरानी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x