×

NMB BANK
NIC ASIA

ओलम्पिक प्रतिस्पर्धामा नेपालका यी ५ खेलाडी

साउन ९, २०७८

NTC
Premier Steels

टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक ५ खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Muktinath Bank

नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्ने छन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोके ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन । यद्यपि ओलम्पिकमा नेपालका केही उल्लेखलायक क्षण छन् ।


Advertisment
Nabil box
Kumari

नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औं ओलम्पिकमा सहभागिता जनाएको हो । सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गंगाबहादुर थापाले (म्याराथन), नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा (बक्सिङ) मा प्रतिस्पर्धा गरेका थिए ।

Vianet communication

आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औं ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो ।

सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औं ओलम्पिकमा नेपालले भाग लिएन । त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ ।

सन् १९८८ मा दक्षिण कोरियाको सोल ओलम्पिकमा नेपाल खेलकुदमा विशेष रह्यो । सोल ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोमा नेपालका विधान लामाले कास्य पदक जिते । उनकै खेलले ओलम्पिकमा राष्ट्रिय गानसहित नेपालको ध्वजा फहरिए । तर आधिकारिक खेल नभएका कारण विधानको सफलताले नेपाललाई पदक तालिकामा उपस्थित गराउन सकेन ।

सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी संगिना वैद्य छनोट चरण पार गरेर ओलम्पिकमा खेल्ने नेपालकी पहिलो खेलाडी बनिन् ।

सन् २००८ मा तेक्वान्दोकै दीपक विष्ट पनि छनोट चरण जितेरै बेइजिङ ओलम्पिकमा पुगेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x