×

NMB BANK
NIC ASIA

रेन्जरको भोगाइ : शनिवार र सार्वजनिक बिदा कहिल्यै थाहा भएन !

साउन १६, २०७८

NTC
Premier Steels

गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए ।

Muktinath Bank

शिकारीको ७ राउन्ड फायर छलेर रेन्जर विजय प्रजाको ज्यान जोगियो । घटनामा विक्षिप्त भएका रेन्जर प्रज्ञा सामान्य अवस्थामा आउन महिनौं दिन लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष गैंडा गणनामा खटिएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम चौधरीले बाघको आक्रमणबाट ज्यान गुमाउनुपर्‍यो ।


Advertisment
Nabil box
Kumari

गैंडा गणनाका क्रममा चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठको तत्काल हेलिकप्टरबाट उद्धार हुँदा ज्यान त बच्यो तर हालसम्म उनी अस्पतालबाट घर फर्किन सकेका छैनन् ।

Vianet communication

वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्दा अग्रपंक्तितमा काम गर्ने वन कर्मचारी अर्थात् रेन्जरले भोग्नुपरेका पीडाका यी प्रतिनिधिमूलक घटना हुन् । अन्तर्राष्ट्रिय रेन्जर महासंघले अग्रपंक्तिमा काम गर्ने सबै तहका वन कर्मचारीलाई सम्बोधन गर्ने साझा शब्द ‘रेन्जर’ भनेर परिभाषित गरेको छ । तर नेपालमा भने रेन्जर पदको व्यवस्था गरिएकाले रेन्जर भनेर वन कार्यालयको कर्मचारी भनेर मात्र बुझ्ने गरिन्छ ।

अग्रपंक्तिमा काम गर्ने वन कर्मचारीको हकहितका लागि आवाज उठाउने र शिकारीको गोली लागेर होस् वा वन्यजन्तुको आक्रमणमा परेर होस्, विभिन्न कारणले मृत्युवरण हुन पुगेको वन कर्मचारीको सम्झना गर्ने दिनका रूपमा विश्वभरि ‘रेन्जर दिवस’ मनाउने गरिएको छ । नेपालले पनि शनिवार यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउनेछ ।

बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर निलम कार्कीको फिल्ड स्तरमा काम गर्दाको अनुभव निकै चुनौतीपूर्ण रहेको छ । उनलाई गस्तीमा जाँदा आफूभन्दा हतियारले सुसज्जित शिकारीको निशाना पर्ने सम्भावना बासस्थानमा नफर्किउन्जेलसम्म भइरहन्छ ।

रेन्जर कार्की भन्छन्, ‘न गर्मी न जाडो । २४सै घण्टा गस्ती र काममा हिँड्नुपर्छ । सार्वजनिक बिदा भनेकै थाहा भएन अझैसम्म । राति १२ बज्यो भनेर मस्तले सुतेको रात छैन हाम्रो । चोरीशिकारी नियन्त्रणका लागि जति बेला शंका लाग्छ, हातको गाँस मुखमा हाल्न छाडेर पनि दौडिनुपर्छ ।’

कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत अर्का रेन्जर लक्ष्मी खालिङ राईको अनुभव पनि उस्तै खालको छ । उनले भने, ‘शनिवार, सार्वजनिक बिदा त हामीले भोग्न र देख्न पाएको हुँदैनौं । निद्राले आँखा मिच्दै शिकारीको पछाडि गस्तीमा दौडिनुपर्ने जिन्दगी छ हाम्रो । व्यक्तिगत जीवन अनि घरपरिवार र सामाजिक सम्बन्ध निकै टाढाका कुरा हुन्छन् ।’

अग्रपंक्तिमा खटिने वन कर्मचारीको कामको प्रकृतिअनुसार वन सेवालाई अत्यावश्यक सेवामा राख्नुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको हो । संरक्षणमा खट्ने कर्मचारीको यो मागको सुनुवाइ नभएको गुनासो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाको छ । वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव डा. विश्वनाथ ओली संरक्षणको अग्रपंक्तिमा काम गर्ने कर्मचारीको कामको प्रकृति आम निजामती सेवाभन्दा फरक भएकाले अत्यावश्यक सेवा घोषणा गरी आवश्यक थप सेवा सुविधा दिनुपर्ने बताउँछन् ।

संरक्षणका काममा दूरदराजमा खटिनुपर्छ, वृत्ति विकासका कार्यक्रम र प्रोत्साहन गर्ने योजना केही नभएकाले संरक्षणको अग्रपंक्तिमा खटिने कर्मचारीको मनोबल उच्च हुन सकिरहेको छैन । त्यसैले दुर्गममा बसेका कर्मचारी र सुगममा बसेका कर्मचारीको सरुवाको मापदण्ड, प्रोत्साहन भत्ता र वृत्ति विकास योजना सरकारले ल्याउनुपर्ने वन प्राविधिक संघका अध्यक्ष डा. किरण पौडेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x