×

NMB BANK
NIC ASIA

चितवनकी दीपा श्रेष्ठ (परिवर्तित नाम) बुटवलको एक डान्स बारमा नाच्थिन् । तेस्रोलिंगी महिलाको पहिचानमा खुलेकी दीपा कोरोना महामारीले डान्स पार्टी बन्द भएपछि अहिले यौनकर्मी बन्न बाध्य भइन् ।

Muktinath Bank

२४ वर्षीया उनी महामारीले पेशा गुमेपछि हातमुख जोर्न समेत नपाउँदा धन्न डिप्रेसनमा परिनन् । कोरोनाले उनलाई यौन पेशा गर्न सिकायो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डान्स र दोहोरी साँझ बन्द भए,’ दीपा भन्छिन्, ‘म आफूलाई ते्रस्रो लिंगीको रूपमा खुलेपछि परिवारले मलाई घर निकाला गरें । अहिले महामारीले मैले गर्दै आएको पेशा खोसियो । अहिले मध्यरातमा सडकमा गुड्ने चिल्ला गाडी रोकेर यौन पेशा गर्न बाध्य भएँ ।’


Advertisment
Nabil box
Kumari

सडकमा गाडी रोकेर उनले प्रतिव्यक्ति ५०० देखि ५ हजार रुपैयाँसम्म मोलमोलाइ गर्छिन् । ‘२/२ पटक आएको महामारीमा राज्यले केही राहत दिएन । न त कुनै रोजगारीको अवसरमा हामीलाई समावेश गर्‍यो । हामी पछाडि परेको समुदायलाई हेर्ने निकाय नै रैनछ बरै । नागरिकता नहुँदा मैले बैंकमा खाता खोल्न पनि पाएकी छैन,’ उनले भनिन् । 

Vianet communication

कोरोनाको त्रास र जोखिमबीच नै यौन पेशा गर्न बाध्य भएको उनको दुखेसो छ । 

रूपन्देहीको तिलोत्तमाकी सुरुची न्यौपानेले भर्खर १८ वर्ष लागिन् । न्यू होराइजन कलेजकी ‘टपर’ विद्यार्थी उनी तेस्रोलिंगीको रूपमा खुलेपछि उनलाई कलेजले ‘स्कलरशिप’ दिएन । व्यवस्थापन विषयमा ८८ प्रतिशत ल्याएर ११ कक्षा उत्तीर्ण उनलाई कलेजले विभेद गरेको लाग्यो । ‘डर मान्ने कुरै छैन । मैले कलेज प्रशासनमा आवाज उठाएपछि छात्रवृत्ति पाएँ । परिवारले मलाई भर्खरै छोरीको रूपमा स्वीकार गरेको छ । उच्च शिक्षा अध्ययन पूरा गरी मेरो पहिचानलाई पावर बनाएर सोसल वर्किङमा काम गरेर पछाडि परेको मेरो समुदायको क्षेत्रमा काम गर्ने हो,’ उनले भनिन् ।

उनी पनि अहिले आफ्नो समुदायको दैनिक गुजाराको लागि राहत सहयोग जुटाउन सहयोगी बनेकी छन् । 

नवलपरासीको सुनवलकी रुचिका थापा बेण्डबाजामा आफ्नो जीविका चलाउँथिन् । धान्याञ्चल माविमा १२ कक्षा पढ्दापढ्दै स्कूलमा ‘छक्का’ ‘हिजडा’ भनेर जिस्काउन थालिएपछि उनले अध्ययन बीचैमा छाडिन् । ‘बिहे पार्टीदेखि बेण्डबाजा महामारीले बज्न छाड्यो । रोगभन्दा भोकले सतायो । हाम्रो बेदना कस्ने सुनिदिन्छ ?’ उनले गुनासो पोखिन्, ‘न हामीलाई कसैले काम दिन्छन् । लामो समयसम्म बेरोजगार हुँदा सामाजिक, आर्थिक एवं मानसिक समस्या पनि थपिँदै जाने रहेछ । कोरोना महामारी फेरि फैलिँदो छ । हामीलाई त बाँच्न समेत गाह्रो भयो ।’

बुटवलकी अवन्तिका घर्तीमगर मेकअप आर्टिस्ट र कोरियोग्राफर हुन् । उनले काम गर्ने आरएन स्टाइल संस्था महामारीले झण्डै डेढ वर्षदेखि ठप्प छ । मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाइ गर्ने उनको आम्दामी अहिले शून्य छ । कमाइ शून्य हुँदा समाजको तिरस्कारबीच पनि बाँच्न बाध्य भएको उनी बताउँछिन् । 

‘महामारीबीच मलाई टीभी भयो । बचत गरेको सबै पैसा पनि उपचारमा सकियो । राज्यले दलित, पछाडि परेको वर्ग र समुदायलाई भत्ताको व्यवस्था गरेको छ । हाम्रो समुदायलाई पनि भत्ता दिए अप्ठ्यारो परेको बेलामा सहज हुने थियो,’ उनी भन्छिन् । 

पाल्पाको तानसेनकी तेस्रोलिंगी ३१ वर्षकी अवन्तिका मगर कोभिडको महामारी आउनुअघि मेकअप आर्टिस्टको रूपमा काम गर्थिन् । आरएन स्टार कम्पनीबाट उनी सहितको टोलीले स्टेज कार्यक्रम गर्ने गर्दथ्यो । अवन्तिका डान्सर पनि हुन् ।

रुपन्देहीको देवदहकी हसिना क्षेत्री पनि डान्सर हुन् । मेकअप आर्टिस्ट समेत रहेकी उनको पनि कोभिडका कारण रोजगार गुम्यो, अहिले केही रोजगार छैन । घरपरिवारले स्वीकार गरेका कारण हसिनालाई केही सहज भए पनि रोजगार गुमाउँदा अप्ठ्यारो भएको उनी बताउँछिन् ।

नवलपरासीको बर्दघाटकी रुचिका डान्सर हुन् । उनी बेण्डबाजामा नाचेर दैनिक गुजारा चलाउँथिन् तर कोभिडले कमाइ ठप्प छ । जसका कारण दैनिक गुजारा चलाउन अप्ठ्यारो भएको उनी बताउँछिन् । एसएलसी पास समेत गरेकी उनी २४ वर्षकी भइन् । तेस्रोलिंगी भएकै कारण कसैलाई पनि रोजगार दिन कन्जुस्याइँ गर्ने गरिएको उनको अनुभव छ ।

परासीको सुनवलकी अस्मिता राना बधाई समारोहमा जान्थिन् । कहीँकतै खुशीयाली भएको अवस्थामा उनको टोलीलाई खबर आउँथ्यो । बधाई समारोहमा गएपछि प्राप्त हुने पारिश्रमिकले दिनचर्या चल्थ्यो तर अहिले औपचारिक समारोह ठप्प छन् । अस्मितालाई पनि अहिले कोभिडले दैनिक छाक टार्न मुस्किल भएको छ । 

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा काम गर्ने आनिक राना मगरले २–२ पटकको महामारीले यौनिक अल्पसंख्यक समुदायको पेशा–व्यवसाय गर्नेहरू पेशाबाटै वञ्चित भएको बताइन् । ‘रोगभन्दा भोकले बढी सताउने अवस्था आएको छ,’ उनले भनिन् ।

रानाको पहलमा धेरैलाई राहत पनि वितरण गरिएको छ । फेरि कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि झनै आत्तिएका छन्, महामारीबाट जोगिन खोप समेत पाएका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x