×

निजी क्षेत्रको प्रतिक्रिया

मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित तर कार्यान्वयनमा शंका

साउन २९, २०७८

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरोकारवालाहरू उत्साहित भएका छन् । यद्यपि वर्तमान परिस्थितिमा नीति कार्यान्वयनमा शंका व्यक्त गरिएको छ । 

मौद्रिक नीतिमा बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन गरिएको भन्दै सरोकारवालाहरू खुशी देखिएका छन् ।


Advertisment

पर्यटन क्षेत्रमा पनि कर्जाको सीमा निर्धारण गरी विपन्न वर्गमा सूचीकृत गर्ने मौद्रिक नीतिको उद्घोषलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन् ।


Advertisment

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई गत वर्षदेखि दिइएको राहतलाई निरन्तरता दिएको भन्दै मौद्रिक नीतिको स्वागत गरे । 

उनले विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई मौद्रिक नीतिले प्राथमिकता दिएको भन्दै यसले राम्रो प्रभाव पार्ने बताए । 

बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन नीति ल्याउनु पनि मौद्रिक नीतिको सकारात्मक पक्ष भएको उनको भनाइ छ । 

उनले भने, ‘स्वरोजगारका लागि गाडी किन्दा लिने कर्जालाई विपन्न कर्जा हुने व्यवस्था गर्ने भनेको छ, यो निकै राम्रो कुरा हो ।’

पर्यटन क्षेत्रमा पनि मौद्रिक नीतिले सहयोग गर्ने गरी आएको उनको भनाइ छ । उनले समग्रमा मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘मौद्रिक नीति सरसर्ती हेर्दा राम्रो छ तर कार्यान्वयन समयमै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’

उनले कार्यान्वयन समयमै नसक्दा त्यसले असर पार्ने भन्दै यसलाई समयमै र सहज रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । 

‘हामीले भन्दै आएको कुरा यसको कार्यान्वयन र कार्यान्वयन समयमै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । कार्यविधिमा नअल्झिएर यथाशीघ्र यसको कार्यान्वयन गर्ने गराउनेतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ,’ उनले भने ।

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डेले कर्जा विस्तारका लागि राम्रो कदम चालेको प्रतिक्रिया दिए । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष पाण्डेले राष्ट्र बैंकले कर्जा बढाउनु निकै राम्रो भएको बताए ।

समग्रमा मौद्रिक नीति राम्रो भएको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिले दिएको सुविधाका कारण मुलुकमा अब कति रोजगारी सिर्जना हुन्छ भन्ने कुरा मुख्य हुने उनको भनाइ छ । 

‘अहिले पर्यटन निकै ठप्प छ, यस नीतिको कार्यान्वयन कसरी हुन्छ र कतिले रोजगारी पाउँछन् भन्ने मुख्य कुरा हुन्छ,’ उनले भने ।

बैंक मर्जरमा दिइएको प्रोत्साहन पनि सकारात्मक भएको उनले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मौद्रिक नीति सकारात्मक रहेको बताए । 

शेयर कर्जामा क्याप लगाउनु निकै राम्रो भएको उनको भनाइ छ । त्यो क्यापले अब शेयर बजारमा केही हदसम्म सन्तुलन हुने उनले बताए । 

पर्यटन क्षेत्रमा पनि विभिन्न व्यवस्था ल्याएको भन्दै यो राम्रो रहेको उनले बताए । उनले भने, ‘मौद्रिक नीति मुद्रास्फीति नियन्त्रण लगायतलाई नै मध्यनजर गरेर आएको छ, सकारात्मक छ ।’

बैंक मर्जरलाई प्रोत्साहन नीति लिनु राष्ट्र बैंकको राम्रो कदम भएको उनको भनाइ छ । उनले अहिले मर्जरको शुरूआत अवस्था रहेको भन्दै राष्ट्र बैंकले प्रोत्साहन नीतिलाई निरन्तरता दिएकोमा सकारात्मक हुनुपर्ने बताए । 

साना उद्यमीहरूलाई पनि समेटेर मौद्रिक नीति आउनु सकारात्मक भएको उनको बुझाइ छ । उनले बजेटसँगै मौद्रिक नीतिको कार्यान्वयन यथाशीघ्र हुनुपर्नेमा जोड दिए । 

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x