×

NMB BANK
NIC ASIA

कोरोना संकट

अझै लयमा फर्किएन थलिएको वैदेशिक रोजगारी : मागपत्र न्यून, प्रक्रियागत झमेलाले झनै समस्या

भदौ ६, २०७८

NTC
Premier Steels

कोरोना महामारीका कारण नेपालबाट बाहिरी मुलुकमा रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको झण्डै दुई वर्ष पुग्न लागेको छ ।

Muktinath Bank

विशेष गरी श्रम गन्तव्यका रूपमा परिचित मुलुकहरूले कोरोना महामारीका कारण श्रमिक माग नगर्दा नेपाली श्रमिकहरू प्रभावित हुँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैदेशिक रोजगारका लागि जान चाहनेहरूको संख्या धेरै भए पनि माग कम भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै विभिन्न प्रक्रियागत झञ्झट तथा समस्याका कारण पनि नेपालबाट श्रमिकहरू विदेशमा काम गर्न जान नपाएको व्यवसायीहरूको बुझाइ छ ।

Vianet communication

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोना महामारी आएसँगै थलिएको वैदेशिक रोजगार व्यवसाय अझै माथि उठ्न नसकेको बताएका छन् । 

पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोपको विषयले पनि नेपालीहरू वैदेशिक रोजगारीमा जानका लागि समस्या थपिएको उनको भनाइ छ ।

‘कोरोना खोपको विषयमा ठूलो इस्यु बनेको अवस्था छ, खोपको पर्याप्तता नभएको र जम्मा ४ वटा मात्रै खोपलाई स्वीकृति दिँदा यसले केही प्रभाव परेको देखिन्छ,’ महासचिव श्रेष्ठ बताउँछन् । 

अहिले विभिन्न मुलुकहरूले युरोपियन र अमेरिकन गरी विभिन्न ४ वटा खोपलाई मान्यता दिएका छन् । नेपालमा यी खोपहरूको पर्याप्तता नभएका कारण समस्या आएको महासचिव श्रेष्ठको बुझाइ छ । 

यसमाथि सरकारले खोपको बारेमा स्पष्ट निर्णय लिन नसक्दा पनि वैदेशिक रोजगार व्यवसाय प्रभावित भएको उनले बताए ।  

कतिपयले अहिले खोप लगाउन नै पाएका छैनन् । खोप लगाएकाहरूले पनि प्रमाणीकरण गराउन सकेका छैनन् ।

‘खोप लगाएको प्रमाणपत्र लिन पनि निकै झञ्झट हुने गरेको अवस्था छ,’ महासचिव श्रेष्ठले भने ।

यस्तै अहिले विभिन्न मुलुकका दूतावासहरूले मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती गरेर श्रमिकलाई दुःख दिने गरेको पाइएको उनले सुनाए । 

‘आएका मागपत्रहरूलाई प्रमाणीकरण गर्ने विषयमा ठूलो ‘करप्सन’ छ,’ महासचिव श्रेष्ठले भने, ‘उनीहरूले विभिन्न बहानामा मागपत्र प्रमाणीकरण नगरिदिने, एउटाको मागपत्र अर्कोमा सारिदिने जस्ता काम गरेर दुःख दिने गरेका छन् ।’

आकर्षक गन्तव्यमा नै छैन माग 

वैदेशिक रोजगारका लागि नेपालबाट १ सय १० मुलुकहरूमा अनुमति छ । जसमध्ये आकर्षक गन्तव्यका रूपमा कतार, साउदी अरब लगायत, मलेसिया लगायतका ७ खाडी मुलुकमा बढी माग हुने गरेको छ । यस्तै जापान र दक्षिण कोरिया पनि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो । 

यी मुलुकहरूमध्ये अहिले कतार र साउदी अरबबाहेक अन्य कुनै पनि मुलुकबाट मागपत्र आएका छैनन् । 

‘कोरोना महामारीका कारण कतिपय मुलुकले रोजगारी पुनः सञ्चालनमा ल्याउन सकेका छैनन् भने कतिपयले मागपत्र जारी गर्न सकेका छैनन्,’ महासचिव श्रेष्ठले भने । 

अहिले कतारबाट सबैभन्दा धेरै मागपत्र आइरहेका छन् । महासचिव श्रेष्ठका अनुसार साउन १ देखि भदौ १ गतेसम्मको अवधिमा करीब ५० हजार मागपत्र कतारबाट आएको छ ।

अहिले कतारले मागपत्र जारी गरेकै कारण नेपालको वैदेशिक रोजगार व्यवसाय बामे सर्न थालेको उनी सुनाउँछन् । 

उनका अनुसार कतारबाट यस आर्थिक वर्ष २०७८/७९ मा ठूलो संख्यामा श्रमिकको माग हुँदैछ । 

कतारमा आगामी वर्ष (२०२२) मा फिफा विश्वकप आयोजना हुँदैछ ।  

यसका लागि पनि कतारले ठूलो संख्यामा मागपत्र जारी गर्नसक्ने महासचिव श्रेष्ठको भनाइ छ । 

अहिले कतारपछि श्रमिकका लागि साउदी अरबबाट पनि मागपत्र आएको छ । 

साउन १ देखि भदौ १ गतेसम्मको अवधिमा मात्रै साउदी अरबबाट करीब १५ हजार मागपत्र आएको महासचिव श्रेष्ठले बताए ।

दैनिक ५ सय नेपाली श्रमका लागि बाहिरिन्छन्  

कोरोना महामारीकै बीचमा अहिले मुलुकबाट दैनिक करीब ५ सय श्रमिक विदेश जाने गरेका छन् । कोरोना महामारीअघि यो संख्या दैनिक सरदर १ हजार ५ सय थियो ।

हाल विदेशिनेमध्ये अधिकांश कतार र साउदी अरब गइरहेका छन् ।

‘यो संख्या विस्तारै बढ्ने क्रममा छ, तर बढिसकेको भन्ने अवस्था भने छैन,’ विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले लोकान्तरसँग भने । 

विगतमा दैनिक सरदर १ हजार ५ सय वा सो भन्दा बढी संख्यामा नेपाली श्रमिक श्रम गन्तव्यमा जाने गरेको विभागको तथ्यांक छ । 

यस आर्थिक वर्षको पहिलो १ महिनामा १ लाख १७ हजार जनाले श्रम स्वीकृति पाएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव 

विश्वका अधिकांश मुलुकमा डिसेम्बर २०२० देखि कोरोना महामारी शुरू भएको थियो । तर नेपालमा भने त्यसको केही समयपछि मात्रै महामारी प्रवेश गर्‍यो । 

नेपालमा आर्थिक वर्ष २०७६/७७ को पछिल्लो ६ महिना (फागुन)देखि कोरोना महामारी शुरू भएको थियो । 

त्यसको एक महिना ११ दिन अर्थात चैत ११ गतेदेखि सरकारले मुलुकभर बन्दाबन्दीको घोषणा गर्‍यो । 

२०७७ साउनदेखि बन्दाबन्दी केही खुकुलो भएपनि ठाउँ विशेषको निषेधाज्ञाले निरन्तरता पाइ नै रहेको थियो । 

यसबीचमा वैदेशिक रोजगारका कामहरू पनि ठप्प भए । विस्तारै बजार खुल्दै जाँदा वैदेशिक रोजगारीमा जाने काम शुरू भएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट विभिन्न मुलुकमा करीब ३ लाख ६८ हजार जना वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तव्य गएका छन् । 

यसअघि आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५ लाख ८ हजार थियो । 

कोरोना महामारीका कारण विभिन्न मुलुक प्रभावित हुँदा आर्थिक वर्ष २०७६/७७ मा २०७५/७६ को तुलनामा १ लाख ४० हजार कम श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । 

महामारीको क्रम नरोकिँदा वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्दै गयो । 

आर्थिक वर्ष २०७७/७८ यो संख्या घट्दै १ लाख ६६ हजारमा सीमित भएको विभागको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x