माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
भदौ २०, २०७८
अमेरिकाले अफगानिस्तानबाट हटेपछि सत्तामा आएको तालिबानमा आन्तरिक संघर्षका कारण सरकार गठन गर्न ढिलाइ भइरहेको छ ।
यसैबीच पंजशिर प्रान्तमा तालिबानको प्रतिकार गरिरहेको समूहको पत्रिका पंजशिर अब्जर्भरले ट्वीट गर्दै काबुलमा तालिबानका दुई वरिष्ठ नेताबीच शक्तिसंघर्ष चलेकाले शुक्रवार राति गोली चलेको भनी खबर दिएको छ ।
ट्वीटमा उल्लेख भएअनुसार, अनस हक्कानी र मुल्ला बारादरका बफादारहरूले पंजशिरमाथिको आक्रमणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विमति राखेका छन् ।
यस विषयमा पंजशिर अब्जर्भरले नर्दन अलायन्सको ट्वीटलाई उद्धृत गरेको छ । उक्त ट्वीटका अनुसार, बारादरले तालिबान लडाकूहरूलाई पंजशिरमा लडाइँ नगर्न र काबुल फर्किन भनेका थिए । हक्कानीले त्यसमा असहमति जनाएपछि दुई पक्षबीच गोली हानाहान भयो । त्यसक्रममा बारादार घाइते भए र उनलाई उपचारका लागि पाकिस्तान लगिएको छ ।
हुन त यो तालिबानको कट्टर विरोधी नर्दन अलायन्सले उसका विरुद्ध प्रोपागान्डा फैलाएको हुन सक्छ । त्यसैपनि पंजशिरमा भइरहेको लडाइँमा तालिबान र नर्दन अलायन्सका तर्फबाट फरक फरक खबरहरू आइरहेका छन् ।
गोली चलेको र बारादार घाइते भएको पुष्टि नगरिएको भए पनि तालिबान नेताहरूबीच शक्तिसंघर्ष भइरहेको विभिन्न सञ्चारमाध्यमले खबर दिइरहेका छन् । अमेरिकालाई पराजित गर्नका लागि एकजुट भएको तालिबान अमेरिकी सेना हिँडेपछि संघर्ष गरिरहेको हो ।
यो मूलभूत रूपमा कट्टरपन्थी र नरमपन्थीहरूबीचको संघर्ष हो । शांघाई कोअपरेसन अर्गनाइजेसनको रिजनल एन्टी टेररिस्ट स्ट्रक्चरले गरेको विश्लेषणअनुसार, तालिबानमा तीन प्रमुख खेमा छन् ।
तिनमा पनि क्वेट्टा खेमामा मुल्ला मोहम्मद याकुब र पेशावर खेमाका सिराजुद्दीन हक्कानीबीचको संघर्ष सबभन्दा बढी चर्किएको छ । अलि बढी कठोर तथा अमेरिकाले आतंकवादीको संज्ञा दिएको हक्कानीसँग बफादार रहेका लडाकूहरू केही नरम मानिने याकुब र बारादरमाथि हावी हुन खोजिरहेका छन् ।
पाकिस्तानको समर्थन रहेको हक्कानी नेटवर्कलाई काबुलको सुरक्षाको जिम्मेवारी दिइएको छ र उसले अफगानिस्तानका राजनीतिक र सैन्य मामिलामा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
याकूब चाहिँ तालिबानका संस्थापक मुल्ला मोहम्मद ओमरका छोरा हुन् । उनले अफगानिस्तानमा तालिबानको विजय हुँदै गर्दा अफगान सरकार तथा सेनाका सदस्यमाथि प्रतिशोधात्मक कारवाही नगर्न आफ्ना लडाकूहरूलाई निर्देशन दिएका थिए । यो समूह दोहा सम्झौताअनुसार सरकार गठन तथा सञ्चालनमा अगाडि बढ्नुपर्ने मान्यता राख्छ ।
बारादार याकूबको खेमामा छन् र तालिबानको सबभन्दा चिनिएका अनुहार उनी नै हुन् । सुधारवादी तथा पश्चिमसँग नजिक भएका बारादारले आफ्नो एजेन्डा कत्तिको लागू गर्न सक्छन् भन्नेमा तालिबान सरकारको आयु निर्धारण हुने श्रीलंकाली विद्वान् कुमार डेभिडले लेखेका छन् ।
बारादर समूह हावी हुन पाएमा अतिवाद र आतंकवादलाई लगाम लगाउन सहज हुनेछ । तर इस्लामिक स्टेट खोरासान प्रोभिन्स नामक आतंकवादी समूहसँग सम्बन्ध भएको मानिने हक्कानी नेटवर्क हावी भएमा अफगानिस्तान आतंकवादको मलिलो भूमि हुनेछ र क्षेत्रीय सुरक्षामा आँच आउनेछ ।
यी दुईबाहेक अर्को रसूल खेमा पनि छ । मुल्लाह मोहम्मद रसूलले नेतृत्व गरेको यो खेमाले सन् २०१६ मा तालिबानविरुद्ध भयंकर लडाइँ गरेको थियो । रसूलले तत्कालीन तालिबान नेता मुल्ला मोहम्मद मन्सूरको आधिकारिकतामा प्रश्न उठाएर लडाइँ शुरू गरेका थिए । त्यसै वर्ष रसूललाई पक्राउ गरी पाकिस्तानको कारागारमा राखिएको थियो र तालिबानले काबुलमा कब्जा गरेपछि रिहा गरियो ।
रसूल पनि इस्लामको कठोर व्याख्या गर्ने व्यक्ति हुन् । उनले अफगान सरकारसँग वार्ता गर्ने तालिबानको निर्णयको विरोध गरेका थिए । तर अहिले तालिबान सत्तामा आउँदा उनी पनि सरकारको अंग बन्न खोजिरहेका छन् ।
यी खेमाहरूलाई एकआपसमा भिडाउनका लागि विदेशी शक्तिहरू परिचालित भइरहेको विभिन्न विश्लेषकहरूको भनाइ छ । चीन र रुसले अफगानिस्तानमा स्थिरता ल्याउन खोजेको भए पनि तालिबानसँग हारेको अमेरिकाले प्रतिशोधका लागि तालिबानको कलहलाई चर्काउन सक्ने देखिन्छ ।
अफगानिस्तानको नयाँ राजनीतिक घटनाक्रममा बारेमा निरन्तर लेखिरहेका पूर्व भारतीय राजदूत एम भद्रकुमारका अनुसार, अमेरिकी गुप्तचरहरू तालिबानको भित्रसम्म पसेका छन् र तालिबानलाई छिन्नभिन्न बनाउने क्षमता हासिल गरिसकेका छन् । अहिले तालिबानलाई कमजोर बनाउने अनि उपयुक्त समय आएमा त्यसलाई आफ्नो कठपुतली बनाउने दिशामा उनीहरू बढिरहेका छन् ।
यसरी आन्तरिक कलहको स्थिति रहँदा अनि अमेरिकी गुप्तचरहरूको घुसपैठ हुँदा तालिबानलाई सरकार चलाउन कठिन हुनेछ । भद्रकुमारका अनुसार, अमेरिकालाई आफ्ना भूराजनीतिक तथा भूरणनीतिक खेलहरू खेल्नका लागि अफगानिस्तान अस्थिर भइरहनुपर्छ । त्यहाँको केन्द्रीय सरकारले काम गर्न नसकेमा हस्तक्षेप गर्ने अनि क्षेत्रीय मुलुकहरूको सुरक्षालाई अप्ठ्यारोमा पार्ने अमेरिकाको अभीष्ट पूरा हुन्छ ।
आन्तरिक कलह कायम रहेका कारण तालिबानले सबै पक्षलाई समेटेर सरकार बनाउन सकिरहेको छैन । अल्पसंख्यक समुदायलाई समेत समावेश गर्दै सरकार गठन गरेमा मात्र रुसले तालिबान सरकारलाई मान्यता दिने भनेको छ । पश्तुन समुदायकै विभिन्न जातजातिलाई सन्तुष्ट पार्ने गरी सरकारमा समावेश गराउन गाह्रो परिरहेको तालिबानलाई ताजिक, उज्बेक, तुर्कमेनी, हजारा लगायतका समुदायलाई सामेल गर्न अर्को टाउकोदुखाइ छ ।
ताजिक समुदायका मानिसले पंजशिरमा तालिबानको प्रतिकार गरिरहेको अवस्थामा उनीहरूलाई सरकारमा समावेश गर्न निकै गाह्रो देखिएको छ । यस्तो संघर्ष जारी रहँदा चीन पनि खुशी छैन किनकि चीनले चाहेको जस्तो विकासको कार्यक्रम अघि बढाउन सरकार स्थिर हुन जरूरी छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले व्यापक परामर्श गर्दै अफगानहरूले सबै मतभिन्नता हटाउनुपर्ने बताएका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खातिबजादेले पनि अफगानिस्तानमा लोकप्रिय तथा समावेशी सरकार हुनुपर्ने र उक्त सरकारले देशको जानसांख्यिक तथा जातीय संरचनालाई प्रतिबिम्बित गर्नुपर्ने बताए ।
युरेसियाका तीन प्रमुख मुलुक चीन, रुस र इरानले यसरी अफगानिस्तानको स्थिर सरकार निर्माणमा चासो देखाएर अमेरिकाबाट हुन सक्ने अस्थिरताको अभ्यासलाई रोक्ने कोशिश गरेका छन् । यस कार्यमा पाकिस्तानको पनि सहयोग अपरिहार्य छ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल फाइज हमीद अफगानिस्तान पुगेर ‘चिन्ता लिनुपर्दैन, सबै ठीक हुन्छ’ भनेका छन् ।
पाकिस्तानले नै तालिबानलाई जन्माएको र हुर्काएको अनि अमेरिकी आक्रमणबाट बचाउनका लागि आश्रय समेत दिएको हो । तर पाकिस्तानले बारादरलाई नभई हक्कानी नेटवर्कलाई सरकारमा बलियो स्थान दिलाउन खोजेको बताइँदैछ । कुची समुदायकी अफगान राजनीतिकर्मी मरियम सोलेमानखिलले शनिवार ट्वीट गर्दै बारादरले नभई हक्कानीले सरकारको नेतृत्व गरोस् भनी सुनिश्चित गर्नका लागि आईएसआई प्रमुख आएको लेखिन् ।
कट्टरपन्थी हक्कानीलाई शक्तिशाली बनाउने पाकिस्तानको इच्छा हो भने त्यसले अमेरिका तथा पश्चिमलाई चिढ्याउन सक्छ । त्यस्तो अवस्थामा पश्चिमले अफगानिस्तानमा नाकाबन्दी गर्ने वा रोक्का गरिएको रकम फुक्का नगर्ने स्थिति आउँछ ।
त्यस्तो अवस्थामा तालिबानलाई अफगानिस्तानमा सरकार चलाउन नै अप्ठ्यारो पर्नेछ । अहिले तालिबानसँग सरकारी कर्मचारीलाई तलब खुवाउन सक्ने पैसा पनि नरहेको बताइन्छ । त्यसैले आन्तरिक कलहबाट पार पाएर समावेशी सरकार बनाउनु तालिबानको प्राथमिक कर्तव्य हो तर यो सोचेजस्तो सजिलो देखिएको छैन ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...