×

NMB BANK
NIC ASIA

एमाले विभाजन

लुम्बिनीमा एमाले विभाजनको असर : दाङमा पहिरो, गुल्मीमा नेकपा (एस) शून्य !

भदौ २३, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशमा नेकपा एमाले विभाजनको असर अन्य जिल्लाको तुलनामा दाङमा बढी देखिएको छ । दाङमा एमालेबाट जितेका दुुई संघीय सांसदले अहिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचित मेटमणि चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित हिराचन्द्र केसीले नयाँ पार्टी रोजेका हुन् । दाङ लुम्बिनी प्रदेशमा निर्वतमान मुख्यमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलको गृहजिल्ला हो । 

Muktinath Bank

क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए । प्रदेश सभाका ६ क्षेत्रमध्ये ४ क्षेत्र एमालेले जितेको थियो । दुुई क्षेत्रमा माओवादी र कांग्रेसले जितेका थिए । दाङबाट प्रत्यक्ष निर्वाचित दुुई जना प्रदेश सांसदले एमाले त्यागे । क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद अमरबहादुर डाँगी र क्षेत्र नम्बर ३ (ख) बाट उपचुनाव जितेकी विमला वली नेकपा माओवादी केन्द्रमा छन् ।  एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनकै श्रीमती विमलाले तत्कालीन नेकपाबाट निर्वाचन जितेकी थिइन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाँगी एमाले परित्याग गरी सांसद पदबाट राजीनामा दिएपछि अहिले मुख्यमन्त्री कूलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार रहेका छन् भने उपचुनाव जितेकी वली माओवादीबाट प्रदेशको मन्त्री बन्ने तयारीमा छन् । दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित रेवतीरमण शर्मा घिमिरेले पोखरेललाई साथ दिएका छन् । 


Advertisment
Nabil box
Kumari

तर, स्थानीय तहमा भने असर अलि कम देखिएको छ । गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी रोजेकी छन् । शान्ति एकीकृत समाजवादीका नेता मेटमणि चौधरीकी दिदी हुन् । दाङका १० स्थानीय तहमध्ये ६ वटामा एमाले विजयी भएका थिए । दाङको स्थानीय तहमा २१ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । तीमध्ये धेरै वडा सदस्य छन् ।  

Vianet communication

स्थानीय तहमा माधव निकट मानिएका जनप्रतिनिधिले भने पार्टी विभाजनपछि नयाँ पार्टीतर्फ रूचि नदेखाएको दाङका एक एमाले नेताले बताए । 

ती नेताले भने, ‘प्रभावशाली नेता शंकर पोखरेलले समन्वयकारी भूमिका निभाउन नसक्दा हामीले प्रदेशका पनि दुुई सांसद गुमाउनुपर्‍यो । विचारमा प्रभावशाली देखिए पनि जिल्लाको राजनीतिमा उहाँको भूमिका प्रभावकारी देखिएन । जसले गर्दा लुम्बिनी प्रदेशमा अन्य जिल्लाबाट भन्दा दाङमा एमालेबाट निर्वाचित सांसद केही माओवादीतिर लागे कोही नयाँ पार्टीमा ।’

गुल्मीमा नेकपा एकीकृत समाजवादी पार्टी जनप्रतिनिधिका हिसाबले निल बनेको छ । निर्वाचन आयोगले दल रोज्न दिएको समयको अन्तिम दिन भदौ २२ गते कार्यलय समयभर कुनै पनि जनप्रतिनिधिले नेकपा समाजवादी दल रोजेनन् । गुल्मी एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला हो । 

नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको गृहजिल्ला पनि हो, गुल्मी । गुल्मीका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा पालिकामध्ये सातवटा पालिका प्रमुखमा एमालेका नेताहरू छन् । १० जना उपप्रमुख छन् । वडाध्यक्ष र  वडा सदस्य ३१३ जनासहित कुल ३ सय ३० जना प्रतिनिधि एमाले छन् । राष्ट्रियस्तरमा रामकुमारी झाँक्रीको प्रभाव र चर्चा चुलिए पनि स्थानीय तहमा भने उनको प्रभाव कमजोर देखिएको छ ।

रुपन्देहीमा नेकपा एमालेका एक जना उपमेयरसहित सात जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित तिलोत्तमा, बुटवल र देवदहका ७ जनाले नयाँ दल रोजे । संघीय र प्रदेशतर्फ कुुनै पनि सांसदले नयाँ दल रोजेनन् । 

रुपन्देहीमा १६ स्थानीय तहमध्ये ७ वटामा प्रमुख र ८ वटामा उपप्रमुख पद एमालेले जितेको थियो । एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला हो, रुपन्देही ।

भदौ १५ गतेदेखि २२ गतेसम्म दल रोज्न समय निर्धारण गरेको थियो । त्यस्तै अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित एक गाउँपालिका उपाध्यक्षसहित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित चारजनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकी वडा सदस्यहरू रहेको निर्वाचन आयोगले जनाएको छ ।

बाँकेमा एक जना वडाध्यक्षसहित १२ जनाले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एक वडाअध्यक्षसहित ३ कार्यपालिका सदस्य र बाँकी सदस्यहरू रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले बताए ।

कपिलवस्तुमा नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा एक जना मात्रै वडा सदस्य खुलेका छन् । शिवराज नगरपालिका कार्यपालिका एक जना सदस्यले जिल्ला निर्वाचनमा गएर समाजवादीमा सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी प्युठानमा ७, रुकुम पूर्वमा एक उपाध्यक्ष सहित ५, रोल्पामा ५, पाल्पा १ र नवलपरासी १ जनाले मात्रै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

लुम्बिनीमा नेकपा एकीकृत समाजवादी (स्थानीय तह जनप्रतिनिधि):

दाङ –२१ 

बाँके–११ 

रुपन्देही–७ 

बर्दिया–६ 

रुकुम पूर्व–५ 

रोल्पा–५ 

अर्घाखाँची–६ 

प्युठान–७ 

गुल्मी–० 

पाल्पा–१ 

नवलपरासी (पश्चिम)–१ 

कपिलवस्तु –१ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x