×

NIC ASIA

माधव नेपालले भने- बागमती र प्रदेश १ मा एक साताभित्रै सरकार

असोज ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।

पोखरामा आइतवार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रदेश १ र बागमतीमा हामी एक हप्ताभित्र केपी ओली नेतृत्वको सरकार हटाएर हामी सरकारमा जानेछौं ।’ उनले आफ्नो पार्टी सातै प्रदेशमा बलियो भएको पनि जिकिर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुदूरपश्चिम प्रदेशमा सातवटै पार्टीभन्दा हामी एक नम्बर छौं । २ नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी एक नम्बरमा उभिएका छौं । कर्णाली प्रदेशमा हामीले टक्कर दिएर धुलो चटाएका छौं,’ उनले भने, ‘जहाँसम्म लुम्बिनीमा पनि सरकारमा गइरहेका छौं । यो गण्डकी प्रदेशमा हामी भेदभाव गरियो, टिकटबाट वञ्चित गरियो । देशभरका पीडितहरू एकताबद्ध भएका छौं ।’


Advertisment
Rupse Holidays
Nabil box

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला उनले एक हप्ताभित्र आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरू पठाउने जानकारी पनि दिए । पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म बलियो बनाउँदै लैजाने बताउँदै उनले भने, ‘यही हप्ताभित्र हामी केन्द्रीय सरकारमा पनि मन्त्रीहरू पठाउन गइरहेका छौं ।’

Vianet communication

उनले अन्तिम अवस्थामा आफूलाई छाडेर हिँडेकाहरूमाथि टिप्पणी नगरे पनि भएका कार्यकर्तालाई एमाले नफर्कन आग्रह गरे । 

‘कमरेडहरू हिजोको कुरा सम्झेर हुँदैन । त्यहाँ त जम्मै ढोका बन्द भइसक्यो, त्यहाँ त फाँसीको सजाय दिइएको हुनाले महाराजाधिराजले आममाफी पनि दिइसके । भोलिपल्ट फेरि सजाय दिए, फेरि मृत्युदण्डको सजाय दिएका छन्,’ उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस् । यो पार्टीलाई अगाडि बढाऊँ ।’ 

अध्यक्ष नेपालले यसपटक सरकार एवं नियुक्तिमा भाग लिने र योग्य कार्यकर्तालाई अवसर दिने उद्घोष पनि गरे । ‘कसैले केही प्रचार गरोस्, अनेक नियुक्ति छन् । ती नियुक्तिमा जसरी आसेपासेलाई पठाइएको थियो, योग्यता क्षमता नभएकालाई पनि पठाइएको थियो, अनुचित काम गर्नेहरूलाई पनि पठाइएको थियो, स्यालहुइँया गर्नेलाई पठाइएको थियो, जथाभावी गर्नेलाई पठाइएको थियो,’ उनले भने, ‘तीबाट मुक्त भएर हामीले त्यसमा पनि समुचित ढंगले व्यवस्थापन गर्न गइरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x