×

NIC ASIA

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

असोज ५, २०७८

Prabhu Bank
NTC
Premier Steels

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ । 

Muktinath Bank

यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो । 

Vianet communication

यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ ।

यस दिन कुल २ सय २३ कम्पनीको १ करोड ५३ लाख ६ हजार कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रूपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमवार नेप्से परिसूचक ११४.०२ अंकले घटेको थियो भने कारोबार रकम ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ पुगेको थियो । 

सोमवारको तुलनामा मंगलवार शेयर बजारमा नेप्से परिसूचक बढेको छ तर कारोबार रकम भने घटेको देखिन्छ । 

यसरी हेर्दा लगानीकर्तामा अझै पर्ख र हेरको अवस्था कायम नै रहेको विभिन्न लगानीकर्र्ता समूहका नेतृत्वहरूले बताएका छन् ।

यस दिन व्यापार, फाइनान्स, निर्माण तथा उत्पादन र मुचुअल फण्ड समूह तर्फको सूचक  बाहेक अन्य समूहको सूचक बढेको छ । 

जसमध्ये सबैभन्दा धेरै होटल तर्फ पर्यटन समूहको सूचक २.३८ प्रतिशतले बढेको छ । 

के भन्छन् लगानीकर्ता ? 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको शेयर कर्जामा कडाई गरेसँगै लगानीकर्ताहरू बिच्किएका थिए ।

राष्ट्र बैंकको नीतिविरुद्ध कतिपय लगानीकर्ताहरू अहिले पनि आन्दोलनमै रहेका छन् । 

यस्तै पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माको शेयर बजारसम्बन्धी अभिव्यक्तिका कारण पनि बजारलाई प्रभाव परेको लगानीकर्ताहरूको बुझाइ छ । 

यस्तो अवस्थामा केही समय लगानीकर्ताहरूले धैर्य गरेर बसेकै राम्रो हुने इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । 

विभिन्न कम्पनीहरूले डिभिडेन्ड, बोनस घोषणा गर्न थालेका छन् ।  

अध्यक्ष ढकाल भन्छन्,‘अहिले लगानी गरेको प्रतिफल आउने बेला भएको छ । यस्तो अवस्थालाई लगानीकर्ताले बुझ्नुपर्छ ।  

अध्यक्ष ढकालले अहिले बजार घटिरहँदा सकेसम्म राम्रा कम्पनीहरूको शेयर किन्नुपर्नेमा जोड दिए । 

उनले भने,‘ पुँजीबजारमा लगानी गर्दा धैर्यता चाहिन्छ, अहिले पुँजीबजार घटिरहेको अवस्थामा सकिन्छ किन्नुस् नत्र भएको बचाएर राख्नुस् ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x