×

NMB BANK
NIC ASIA

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

असोज ७, २०७८

NTC
Premier Steels

संगठन पुनर्गठनमा होमिएको नेकपा माओवादी केन्द्र बागलुङले जिल्लाका १० वटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।

Muktinath Bank

तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिकाको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।


Advertisment
Nabil box
Kumari

काठेखोला गाउँपालिकाको अध्यक्षमा कृष्ण थापा, सचिवमा लक्ष्मी थापा रोका, ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्री, सचिवमा फूलमाया पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा मिलन रेश्मी, सचिवमा वीरेन्द्र बुढा, निसीखोला गाउँपालिकाको अध्यक्ष कुवीर विक सचिवमा भरत पुनलाई जिम्मेवारी तोकिएको संयोजक गैरेले बताए ।

Vianet communication

तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्रकुमार छन्त्याल, सचिवमा नारायण घमाल र बरेङ गाउँपालिकाको अध्यक्षमा मुकुन्द गौतम र सचिवमा सन्तबहादुर श्रीसले जिम्मेवारी लिएका हुन् । नेकपा नेतृत्वमा रहेका पदाधिकारीलाई कायमै राखिएको र रिक्त रहेका पदमा नयाँलाई जिम्मेवारी तोकिएको संयोजक गैरेको भनाइ छ । 

नेकपा छँदा सचिवको जिम्मेवारीमा रहेका अहिले अध्यक्षको जिम्मेवारीमा आएका छन् भने सचिवमा नयाँले अवसर पाएका छन् । मुख्य नेतृत्वबाहेक कार्यसमिति सदस्य भने पूर्ववत् स्थितिमै पार्टीमा क्रियाशील रहेको माओवादी केन्द्रले जनाएको छ । 

यसअघि पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनअनुसार वडा तहका सबै कमिटीले पूर्णता पाएका थिए । ८५ वटै वडामा नयाँ कमिटी बनेको संयोेजक गैरेले जानकारी दिए ।

तल्लो तहदेखि नै संगठन पुनर्गठनमा लागेको पार्टीले वडा, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रको सम्मेलन तोकेको छ । नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी संगठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सो पार्टीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x