×

NMB BANK
NIC ASIA

आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठको एकल कला प्रदर्शनी

असोज ९, २०७८

NTC
Premier Steels

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शनी गरिएको छ । डा. श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गरे । 

Muktinath Bank

कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोशीले जनस्तरबाट स्थापना भएको कला परिषद्लाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे । 


Advertisment
Nabil box
Kumari

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्यम कला भएको उल्लेख गरे । 

Vianet communication

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले डा. श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताए । 

नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डंगोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गरे । 

सोमवारसम्म चल्ने प्रदर्शनीमा १०० कला प्रदर्शन गरिएको छ । प्रदर्शनीबाट उठेको रकम समाजसेवामा खर्च गर्ने डा. श्रेष्ठले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x