×

NMB BANK
NIC ASIA

एमालेमा उपाध्यक्ष ३ कि ७ ?

असोज १०, २०७८

NTC
Premier Steels

एमालेमा सात उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन नेताहरूले सुझाव दिएका छन्।  

Muktinath Bank

केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको हो। उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहहरूले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका हुन्। उपमहासचिव पौडेलको प्रस्तावमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव गरिएको छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समूहगत छलफलपछि शनिबार अधिकांश टोली नेताले उपाध्यक्ष बढाउनुपर्ने सुझाव दिएका छन्। प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सुझाव आएको जानकारी दिए। समूहगत टोली नेताहरूले उपाध्यक्षलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिन पनि सुझाव दिएका थिए।


Advertisment
Nabil box
Kumari

नवौं महाधिवशेनदेखि ५ उपाध्यक्षको व्यवस्था गरिएको थियो। पार्टीमा विवादकैबीच अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरूको बैठकमा २ र पछि १ थप गरेर तीन उपाध्यक्षको प्रस्ताव गरिएको थियो। 

Vianet communication

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकाल मात्र जिम्मेवारी पाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने सुझाव टोली नेताहरूले राखेका छन्।

पार्टीको जिम्मेवारी लिन ७० वर्ष उमेर हद कायम गर्न पनि समूहगत छलफलबाट सुझाव आएको भट्टराईले जानकारी दिए। पार्टीको हालको विधानमा पनि ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था छ। 

प्रदेश १ को समूहबाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले समूहको सुझाव प्रस्तुत गरेका थिए। यस्तै, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागको तर्फबाट खगराज अधिकारीले सुझाव राखेका थिए।   अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x