×

कांग्रेस अधिवेशन– स्याङ्जाका ९ पालिकाको नतिजा आयो, दुईको बाँकी

असोज १०, २०७८

 स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ ।

स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।


Advertisment

जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा बिक्रम सारु नगर सभापतिमा निर्वाचित भएका छन् । 


Advertisment

बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित भएका हुन् । 

स्याङ्जाको वालिङ नगरपालिकामा सहमति जुटाउनका लागि गरिएको प्रयास सफल नभएपछि आज  मतदान प्रक्रिया सुरु हुने भएको छ । सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा छन् ।  

कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ । 

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x