×

NMB BANK
NIC ASIA

संसद विघटन असंवैधानिक भन्नुपर्ने जोड गरेपछि ओलीले भने : मेरो बाध्यता थियो, अहिले गलत भन्न सक्दिन

असोज १२, २०७८

NTC
Premier Steels

एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा धेरै भिन्नता नदेखिने गरी मिलेर अघि बढ्न स्थायी समिति सदस्यलाई अनुरोध गरेका छन् । 

Muktinath Bank

असोज ३ र ४ गतेको स्थायी कमिटी बैठक र असोज ८ देखि १० सम्म चलेको केन्द्रीय कमिटी बैठकमा एमालेका नेताहरुले उठाएको विषयमा थप छलफल गर्ने र १० बुँदे सहमति कार्यन्वयनलाई मुख्य एजेण्डा बनाएर सोमवार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी भित्र विभाजित समूह रहेको सन्देश दिने गरी दस्तावेज नबनाउन अनुरोध गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिदै ओलीले भने, ‘संसद विघटन बाध्य भएर गरेको हो, मेरो रहर थिएन । त्यसलाई अहिले गलत भयो भन्न सक्दिन । गलत भयो भन्न मिल्दैन ।’ केन्द्रीय कमिटी बैठकमा पनि ओलीले संसद विघटन हिजो पनि ठीक थियो, आज पनि ठिक छ र भविष्यमा पनि ठिक हुन्छ भनेका थिए । 


Advertisment
Nabil box
Kumari

स्थायी कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदनमा धेरै मत भिन्नता नराख्ने जोड गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

Vianet communication

‘दस्तावेजमा धेरै ठूलो भिन्नता देखिने गरी नजाऔँ । बाहिर फरक मत भयो, यिनीहरु विभाजित भए भन्ने सन्देश जान नदिउँ । सकेसम्म धेरै कुरामा मिलेर जाऔं’, बैठकमा ओलीले भनेको कुरा उधृत गर्दै एक नेताले बताए ।

फरक मतका विषयमा भविष्यमा पनि छलफल गर्दै जान सकिने ओलीले बताएका थिए । ‘यहाँ सबैले आफ्नो कुरा भन्नुभयो, तपाईँहरुका कुरा बुझियो । भविष्यमा पनि निरन्तर छलफल गरौँ । भविष्यमा केही कुराहरु रियलाइज गर्दै पनि जाऔँला । अहिल्यै सबै कुरा समाधान नहुन पनि सक्छन्’, बैठकमा ओलीले भनेको एक नेताले बताए ।

असोज ३ र ४ को बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमा केही नेताहरुले प्रश्न उठाएका थिए । 

विशेषगरी, एमाले विभाजन अघि माधव नेपाल समूहमा रहेका र विभाजनमा साथ नदिएर एमालेमै रहेका नेताहरुले १० बुँदे सहमती कार्यान्वयन र संसद विघटनको विषयलाई महत्वका साथ बैठकमा उठाएका थिए ।

उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल लगायतले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमा पार्टी विभाजनमा नेतृत्वको कमजोरी र संसद विघटन संविधान विपरित रहेको कुरा समावेश गर्न दवाव दिएका थिए । 

एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनमा नेतृत्वले ध्यान नदिएको भन्दै कार्यान्वयनको सुनिश्चितता बैठकमा खोजेका थिए । रावलले केन्द्रीय कमिटीको बैठकको बीचमै स्थायी कमिटीको बैठक राखेर १० बुँदे कार्यान्वयनमा स्पष्ट हुन माग गरेका थिए । 

अघिल्ला बैठकमा युवराज ज्ञवालीले त संसद विघटन संविधान विपरित थियो भन्ने कुरा राजनीतिक प्रतिवेदनमा समेट्न माग गरेका थिए । उपमहासचिव घनश्याम भुषालले पनि राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका थिए ।

उनले जबजलाई स्पष्ट हुने गरी परिभाषित गर्नुपर्ने, संसद विघटन संविधान विपरित रहेको स्वीकार गर्नुपर्ने र समाजवादको बाटो स्पष्ट गर्नुपर्ने भनेका थिए । ती नेताहरुले उठाएको विषयमा स्थायी कमिटी बसेर निष्कर्षमा पुग्ने ओलीले बताए थिए ।

सोमवार बसेको स्थायी कमिटी बैठकमा अघिल्लो स्थायी र केन्द्रीय कमिटीमा प्रश्न उठाइएको विषयमा घनिभूत रुपमा छलफल भएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए । 

भदौ ८ मा बसेको स्थायी कमिटी बैठकले १० बुँदे कार्यान्वयनको लागि ६ सदस्यीय कार्यदल बनाएको थियो । तर, त्यसमा संयोजक तोकिएको थिएन । कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई समावेश गरिएको थियो ।

तर, अध्यक्ष ओलीले कार्यदललाई हस्तक्षेप गरेर सुदुरपश्चिम प्रदेशमा लेखराज भट्ट नै इन्चार्ज रहने भनेर तोकिदिएपछि कार्यदल निस्क्रिय बनेको थियो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्य भन्छन, ‘संयोजक नतोकिएको कार्यदललाई क्रियाशिल बनाउन कसैले पहल नै गरेन । भीम रावलले ईश्वर पोखेरललाई भन्ने, ईश्वर पोखरेलले भीम रावललाई देखाउने कारणले कार्यदलले काम गर्न सकेको थिएन । त्यही समस्या बैठकमा राखिएको र भीम रावललाई संयोजक तोकिएको हो ।’ कार्यदलमा समन्वयको लागी सहजिकरण गर्न सघाउनका लागि शंकर पोखरेललाई पनि राख्न ओली पक्षका नेताहरुले माग गरेपछि उनलाई पनि कार्यदलमा समेटिएको बैठकमा सहभागी अर्का एक नेताले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x