×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको चटारो

कांग्रेसको संस्थापनइतर खेमालाई सभापतिको उम्मेदवार छान्न सकस, को बन्ला सर्वसम्मत ?

असोज १२, २०७८

NTC
Premier Steels

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको महाकुम्भ शुरू हुन ठीक दुई महिना बाँकी छ ।

Muktinath Bank

वडा तह हुँदै नगरसम्मको अधिवेशन सम्पन्न हुने क्रममा छ । यद्यपि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगो नलागेका कारण तल्लो तहको अधिवेशन प्रभावित भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस कार्यकर्ताहरूले पार्टी नेतृत्वमा आउने अनुहारको आंकलन गर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

केही नेताले सभापति र महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा त गरेका छन्, तर ती नेताले महाधिवेशनसम्मै उम्मेदवारी कायम राख्लान् वा नराख्लान् भन्ने संशय पनि कांग्रेसभित्र छ । 

Vianet communication

यसपटक कांग्रेसको संस्थापनइतर समूहबाट आउने सभापतिको उम्मेदवारले पनि महाधिवेशन नतिजाको पासा कता पल्टिन्छ भन्ने निर्धारण गर्छ । 

पार्टी सभापति शेरबहादुर देउवाको सफलतामा सधैँ सहयोगी रहेका नेता विमलेन्द्र निधिले सभपतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यता सभापति देउवा पनि पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । 

संस्थापन पक्षबाट देउवालाई बलियो चुनौती दिन सक्ने नेता निधि पनि सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि संस्थापइतर समूहबाट आउने उम्मेदवारमा धेरैको आँखा केन्द्रित भएको छ ।

संस्थापन पक्षलाई महाधिवेशनमार्फत जसरी पनि नेतृत्वबाट विस्थापन गर्ने योजनामा रहेको संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार ल्याउने सार्वजनिक घोषणा गरेको छ । 

संस्थापन इतर खेमामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मेदवारीमा दाबी गरिरहेका छन् । 

यी चारै नेताको सहमतिमा एकजना मात्रै सभापति पदमा उम्मेदवार बन्ने उनीहरूले सार्वजनिक घोषणा गरेका छन् । तर, अझैसम्म साझा उम्मेदवार छान्न भने सकेका छैनन । 

सभापतिका आकांक्षीमध्ये पौडेल अरू तीन जना नेताभन्दा सिनियर हुन् । उनीसँग उपसभापति छँदा कार्यबाहक सभापतिको काम गरेको अनुभव छ । 

पार्टी सभापति सुशील कोइरालाको निधनपछि कार्यबाहक सभापतिको भूमिकामा पौडेलले १३ औं महाधिवेशन सम्पन्न गरेका थिए ।

त्यसबेला पौडेल शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए । 

अहिलेसम्म पार्टी नेतृत्वमा पुग्न नपाएकाले यसपटक सभापतिमा सहयोग गर्न समूहका अन्य नेतालाई पौडेलले आग्रह गर्दै आएका छन् । उनले आफूलाई शेरबहादुर देउवासँग नदाँज्न र एकपटक कांग्रेसको नेतृत्व गर्ने मौका दिन भन्ने गरेको कांग्रेसका नेताहरू बताउँछन् । 

आफू अहिलेसम्म टेस्टेड नेता नभएको पौडेलको दाबी छ । पार्टी र सरकार कतै पनि नेतृत्व गर्ने अवसर नपाएकाले आफूलाई देउवासँग तुलना गरेर हेर्न नमिल्ने उनले बताउने गरेका छन् । यही तर्कलाई उनले आफू संस्थापनइतरको साझा उम्मेदवार बन्न पाउनुपर्ने मागसँग जोडेर प्रस्तुत गरिरहेका छन् ।

अर्कातर्फ, महामन्त्री शशांक कोइराला देउवासँग चुनाव लडेर सभापतिमा जित्न सक्ने आफूमात्रै भएको दाबी गर्छन् । आफूबाहेक अरू सभापतिको उम्मेदवार बन्दा देउवालाई जित्न नसक्ने भएकाले आफू नै सभापतिको उम्मेदवार बन्नुपर्ने कोइरालाको दाबी छ । 

कांग्रेसका नेता बीपी कोइरालाको छोरा भएकाले पनि पार्टीमा शशांक कोइरालाको प्रभाव छ । कांग्रेसमा कोइराला परिवारको ‘लिगेसी’ले पनि अर्थ राख्ने भएकाले उनले त्यसैलाई प्रयोग गरेर सभापतिको उम्मेदवार बन्ने प्रयास गरेका छन् । 

कांग्रेसका एक नेता भन्छन्, ‘बीपी कोइरालाका छोरा भएका कारण उनलाई पार्टीमा कसैले आलोचना गर्दैनन् । आलोचना नगर्दैमा सभापतिमा भोट दिन्छन् भन्ने पनि हुँदैन ।’ 

तर, पार्टीमा उनको प्रभाव राम्रै रहेको उनले स्वीकारे ।

कोइराला परिवारकै अर्का सदस्य शेखर कोइरालाले निकै अघिबाट कांग्रेसको सभापति बन्ने तयारी थालेका थिए ।

कांग्रेसको केन्द्रीय सदस्य रहेका कोइराला देशभर घुमेर कांग्रेसीमाझ आफूलाई स्थापित गराउने प्रयासमा निरन्तर लागिरहे ।

बीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र डा. शेखर कोइरालाले कांग्रेसमा कोइराला परिवारको लिगेसी धान्न सक्ने नेताको रूपमा आफूलाई उभ्याउने गरेका छन् । 

उनले एकपटक मात्रै कांग्रेसको सभापति बन्ने र अर्को महाधिवेशनमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने एजेण्डा अघि सारेका छन् । यससँगै, कोइरालाले युवापुस्ता माझ आफूलाई स्थापित गराउने प्रयास गरेका छन् ।

महाधिवेशन लक्षित तयारीका हिसाबले उनी निकै अगाडि देखिएका छन् । पार्टीको तेस्रो पुस्ताका लोकप्रिय युवा नेताहरूको समेत साथ पाएको खण्डमा उनको दाबेदारी अझै बलियो बन्ने सम्भावना छ ।

संस्थापन इतरमा सभापतिका अर्का आकांक्षी हुन्, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह । कांग्रेसका सम्मानित नेता गणेशमानको लिगेसीका कारण पनि पार्टीमा प्रकाशमानको प्रभाव छ ।

त्यति मात्रै होइन, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति हुँदा महामन्त्री भएर उनले काम गरिसकेका छन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको र त्यसलाई सुधार गर्न आफूले ‘फस्र्ट म्यान’ भएर काम गर्ने योजना बनाएको बताएका थिए ।

१३ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी दिने बताएका सिंहले अन्तिम समयमा आएर रामचन्द्र पौडेललाई समर्थन गरेका थिए । 

त्यसबेला रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने भनेकाले उनलाई समर्थन गरेको सिंहले बताउने गरेका छन् । 

सर्वसम्मत भए मात्रै रामचन्द्र

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर समूहमा सर्वसम्मत भए मात्रै आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

उनले आफ्नो समूहका अरू तीन आकांक्षीहरूसँग एकपटक कांग्रेसको नेतृत्व गर्ने अवसर दिन आग्रह गर्दै आएका छन् । 

यस पटकको महाधिवेशन आफ्नो पक्षमा पार्न नसके कांग्रेसको नेतृत्व गर्ने अवसर गुम्ने उनले बुझेका छन् । १३ औं महाधिवेशनमा पौडेलले नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

सभापतिका अरू आकांक्षीहरूले पौडेललाई आगामी संसदीय निर्वाचनपछि प्रधानमन्त्री बनाउने वचन दिएर मनाउने प्रयास गरेका छन । तर, त्यसमा पौडेल राजी भएका छैनन् । 

दुई कोइराला भर्सेस सिंह 

वरिष्ठ नेता रामचन्द्र पौडेल सर्वसम्मत रूपमा उम्मेदवार बन्ने अवस्था नभएपछि साझा उम्मेदवार बनाउँदा शशांक, शेखर र प्रकाशमानमध्ये एक उम्मेदवार तयार गर्नुपर्ने हुन्छ ।

त्यसका लागि कि त प्रकाशमानले शशांक र शेखर सहमति गरेर उम्मेदवारी दिनु भन्नुपर्ने अवस्था छ भने कि त दुवै कोइरालाले सिंहलाई ठाउँ छाडिदिनुपर्छ । 

पौडेल रेसबाट बाहिरिएपछि कोइरालाको लिगेसी कि गणेशमानको भन्ने प्रश्न आउने एक कांग्रेस नेता बताउँछन् । पौडेलले दाबी छाडेर तीनजना मात्रै बाँकी रहँदा शशांक र शेखरले पनि आपसमा सहमति गर्नुपर्ने अवस्था आउँछ । 

कोइराला परिवारको लिगेसी कि गणेशमानको भन्ने निर्धारण गर्न भने पौडेलको पनि भूमिका रहन्छ । उनले जसलाई समर्थन गर्छन्, उसको पल्ला भारी हुने अवस्था आउन सक्ने संस्थापन इतर समूहभित्रको विश्लेषण छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x