×

NMB BANK
NIC ASIA

मुस्ताङमा स्याउ टिप्ने चटारो

असोज २३, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् ।

Muktinath Bank

स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भइरहेको छ ।

Vianet communication

कार्यालय प्रमुख बस्ताकोटीले गत वर्षको तुलनामा मुस्ताङमा ५ हजार १०० मेट्रिकटन स्याउ फलेको छ । समुद्री सतहदेखि २ हजार ५०० मिटरदेखि ३ हजार ८०० मिटर अग्लो उचाइको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको माग शहरमा बढ्दो रहेको व्यापारीको भनाइ छ ।

विगतमा व्यापारीले स्याउको गुणस्तर वृद्धि नहुँदै तीज पर्वको मेलो छोपेर बजार पुर्‍याउने गर्थे । बोटमा नपाक्दै  बजारमा बेच्न थालेपछि उपभोक्ताले स्याउको गुणस्तरमाथि प्रश्न उठाउने गरेका थिए ।

दशैं पर्वअगावै मुस्ताङको ७५ प्रतिशत स्याउ बिक्री हुने जनाइएको छ । 

मुस्ताङमा उत्पादित स्याउमध्ये १५ प्रतिशत स्याउ जिल्लाभित्रै खपत हुनेछ । १० प्रतिशत स्याउ स्याउ प्रशोधन गरी ब्रान्डी, वाइन, जुस र ड्राई स्याउको परिकार बनाइन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोरसमेत निर्माण भइसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउनेछन् ।

स्याउ विकसित भएपछि स्याउको गुणस्तर वृद्धि हुनुका साथै स्याउको स्वादमा रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो समय मुस्ताङका किसान तथा व्यापारीलाई असोजअगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको थियो । 

मुस्ताङमा स्याउ टिप्ने मिति शुरू भएसँगै असोज १ गतेदेखि मुस्ताङको टुकुचे, सौरु, कोवाङ, मार्फा, चिवाङ, छैरो, स्याङ, जोमसोम, ठिनी, ढुम्बा, कागबेनी तिरी फल्याक, झोङ, मुक्तिनाथ, ताङ्वे, छुसाङ र चैलेलगायतका स्थानमा किसानले उत्पादन गरेको स्याउ बगैंचाबाट धमाधम टिप्ने र बजार पुर्‍याउने कार्य भइरहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x