×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरको कर उठाउने जिम्मा निजी क्षेत्रलाई

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ असार
 –काठमाडौं महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । हालसम्म सरकारले नै उठाउँदै आएको यस्तो कर आगामी आर्थिक वर्ष (आव) देखि निजी क्षेत्रलाई दिन लागिएको हो ।

विज्ञापन कर संकलन गर्ने जिम्मा निजी क्षेत्रलाई दिनेगरी त्यसको प्रक्रिया अघि बढिसकेको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले लोकान्तरलाई जानकारी दिए ।  महानगरपालिकाले आगामी आवदेखि ५ वर्षसम्मका लागि उक्त कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिन लागेको हो । 

‘विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिँदा त्यसले सरकारलाई प्रशासनिक र जनशक्ति बोझ पनि कम हुने र राजश्वमा पनि वृद्धि हुने देखिएकाले यस्तो निर्णय गरिएको हो,’ पौडेलले भने । 

महानगरपालिकाले ३ महिना अगाडि नै यसका लागि सार्वजनिक सूचना निकालेको थियो । 

महानगरपालिकाका अनुसार ठेक्का पाउने कम्पनीले विज्ञापन नीति –२०७० र विज्ञापन करका सम्बन्धमा सर्वोच्च अदालतको २०७२ भदौ १६ गतेको आदेश बमोजिम कर उठाउन पाउनेछ । 

महानगरपालिकाका अनुसार गत आव २०७२/७३ मा सरकारले विज्ञापन करबापत महानगरपालिकाबाट ४ करोड १७ लाख रुपैयाँ संकलन गरिएको थियो । चालू आवको जेठसम्ममा ७ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भइसकेको महानगरपालिकाले जनाएको छ । 

कर उठाउनका लागि ठेक्कामा लिने कम्पनीले आगामी आवदेखि महानगरभित्र विज्ञापन कर उठाउने छ । ठेक्का पाउने कम्पनीले सम्झौताबमोजिम करबापत ८ करोड ६७ लाख रुपैयाँ बार्षिक रुपमा महानगरपालिकालाई उपलब्ध गराउने छ । 

कर उठाउने कम्पनीको अनुगमन पनि गरिने महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले भने हाल नेपालमा अभ्यासमा रहेको मोडलमै टेण्डर आह्वान गर्न लागिएको महानगरपालिकाले बताएको छ । 

महानगरपालिकाका अनुसार महानगरपालिका क्षेत्रलाई तीन खण्डमा विभाजन गरेर सबैभन्दा बढी कबोल गर्ने तीन कम्पनीलाई त्यसको जिम्मा लगाईने छ । 

ठेक्का सम्झौताका लागि अन्तिम मूल्याङ्कन हुन बाँकी रहेको महानगरपालिकाले बताएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x