किमकी बहिनीले उनीविरुद्ध कू गरेको खबर झूटो भएको दाबी

किमकी बहिनीले उनीविरुद्ध कू गरेको खबर झूटो भएको दाबी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले उनीविरुद्ध कू गरेको भनी केही सञ्चारमाध्यममा आएको खबर झूटो भएको दक्षिण कोरियाको गुप्तचर संस्थाले आइतवार जानकारी दिएको छ । 


Advertisement

कू गरी किमलाई हटाइएको खबरलाई नेसनल इन्टेलिजेन्स सर्भिसले असत्य बताएको हो । अर्का एक सरकारी अधिकारीले पनि यो खबर झूटो भएको बताए । 


Advertisement

अमेरिकाबाट प्रकाशित हुने ग्लोब नामक पत्रिकामा छापिएको खबरलाई उद्धृत गर्दै दक्षिणका सञ्चारमाध्यमले कूको समाचार दिएका थिए । यो जोङले मे ६ र जुन ५ को बीचमा कू गरेर किमलाई पदबाट हटाएको समाचार थियो । 

हाल सार्वजनिक स्थानमा देखिएका किम नक्कली भएको पनि उक्त समाचारमा दाबी गरिएको छ । उनको स्वरूप पहिलेको भन्दा फरक देखिएको र तौल पनि निकै घटेकोले उनी अर्कै मानिस हुन् भनी तर्क गरिएको हो । 


Advertisement

विगत एक वर्षदेखि किमको स्वास्थ्यका विषयमा विभिन्न अनुमान गरिँदै आएको छ । दक्षिणको गुप्तचर संस्थाले ती सबैलाई आधारहीन भनेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्