२५ जेठ २०८३, सोमबार
चरम संकटमा राणा

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, एक्लिए प्रधानन्यायाधीश जबरा

कात्तिक ७, २०७८
सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, एक्लिए प्रधानन्यायाधीश जबरा

न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् । 

आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । 

आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् । 

बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए ।

यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।।

आजको बैठकमा अनुपस्थित रहेका न्यायाधीश सपना प्रधान मल्ल, अनिल सिन्हा, तेजबहादुर केसी र कुमार चुडालको पनि आफूहरूको अभियानमा समर्थन रहने आजको बैठकमा सहभागी एक न्यायाधीशले लोकान्तरसँग भने । न्यायाधीश ईश्वर खतिवडा देशबाहिर छन् । 

‘न्यायालयको गरिमा बचाउन आज सर्वोच्चका न्यायाधीशहरूको अभूतपूर्व एकता देखियो, भोलि सर्वोच्च अदालतको विवाद क्लाइमेक्समा पुग्छ,’ ती न्यायाधीशले लोकान्तरसँग भने । 

भोलि बिहान ११ बजे फेरि बैठक बसेर न्यायाधीशहरूले थप निर्णय गर्ने बताएका छन् । 

१४ न्यायाधीशले चोलेन्द्रशमशेर जबराको राजीनामा अब न्यूनतम शर्त भएको निष्कर्ष निकालेका थिए । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराको चौतर्फी आलोचना भएको छ । 

शुक्रवार मात्र पूर्वन्यायाधीश फोरमले न्यायालयको स्वतन्त्रताको लागि जबराले न्यायालय छाड्नु पर्ने धारणा सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद्मा भागबण्डा खोजेपछि प्रधानन्यायाधीश विवादमा फसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्