×

NMB BANK
NIC ASIA

विश्वस्तरीय बन्यो नर्भिकको आइपिडी, विदेशी अस्पतालको झै लुक्स

कात्तिक ८, २०७८

NTC
Premier Steels

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गरेको छ ।   

Muktinath Bank

ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको अस्पतालले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजिटलाइज्ड ओपिडी संचालनमा ल्याएको थियो ।  


Advertisment
Nabil box
Kumari

Vianet communication

सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरूको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो । 

योसँगै अब नर्भिकको आइपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् । 

नर्भिकले आइपिडीका सबै संरचनाहरुमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको हो । 

पुनःनिर्माण गरिएको आइपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतिक्षालयदेखि बेडहरुलाई समेत पहिलाभन्दा स्तरीय बनाइएको छ । 

आइपीडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुनःनिर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

मिश्रकाअनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आइपीडी समेत पुननिर्माण भएको अस्पतालले जनाएको छ । 

अत्याधुनिक आइपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । 

अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने अभियान थालिएको उनले जानकारी दिए । 

‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ मिश्रले भने,‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको विजिनेश लयमा फर्किन मुश्किल परिरहेको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै ठूलो लगानी थपेर यो काम गरेका हौं ।’

नर्भिकले हालसम्म ओपिडी र आइपिडीको विश्वस्तरीय रुपमा पुननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ । 

तस्वीर सौजन्य : नर्भिक अस्पताल

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x