×

NMB BANK
NIC ASIA

सीमानाकामा झन्झट

केरुङ नाकामा कन्टेनरको जाम- दशैंको लागि मगाएका सामान भर्खर आउँदै, तिहारका सामान कैले हो कहिले !

कात्तिक १०, २०७८

NTC
केरूङ नाकामा अलपत्र कन्टेनर । तस्वीर सौजन्य : सुविन्द्र शाही ।
Premier Steels

व्यवसायी नवराज कार्कीले दशैंका लागि भनेर चीनबाट फलफूल मगाएका थिए । फलफूल आउन ढिला होला भनेरै उनले दशैं आउन एक महिनाअघि नै प्रक्रिया शुरू गरे । 

Muktinath Bank

तर, त्यो फलफूल भने अहिले बल्ल फाट्टफुट्ट मात्रै आएको छ, त्यो कुहिएको अवस्थामा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो फलफूल उनले दशैंमा बेच्न त पाएनन् नै अझ कुहिएको आउँदा उनी मर्कामा परेका छन् । 


Advertisment
Nabil box
Kumari

‘दशैंका लागि भनेर चीनबाट माल लोड भएको थियो, हिजोमात्र यहाँ आयो,’ व्यवसायी कार्की भन्छन्, ‘एक कन्टेनर स्याउमा करीब ३ किलोजति मात्रै सद्दे आइपुगेको रहेछ ।’

Vianet communication

उनका अनुसार एक कन्टेनरमा ३ हजार कार्टुन स्याउ राखिन्छ । सो स्याउ चिनियाँ नाका हुँदै रसुवा र रसुवा हुँदै काठमाडौंसम्म आइपुग्छ । 

जुन कन्टेनर नेपाल आउने पालो पर्खिएर बसेको करीब ३५ दिनपछि मात्रै नेपाल आइपुग्यो । त्यसपछि रसुवाबाट काठमाडौंसम्म आइपुग्दा स्याउ बिग्रिसकेको व्यवसायी कार्की सुनाउँछन् । 

उनीसहित १७ व्यवसायीहरू मिलेर एक कम्पनी खडा गरेका छन् । सोही कम्पनीमार्फत् चीनबाट मालवस्तु उनीहरूले ढुवानी गर्ने गरेका छन् ।

‘एनआरआर इन्टरप्राइजेज’ कम्पनीमार्फत उनीहरूले दशैंका लागि सामान ढुवानी गरेका थिए । 

तीमध्ये अझै ५ कन्टेनर चिनियाँ नाकामै अलपत्र परेका छन् । 

व्यवसायी कार्कीका अनुसार ती कन्टेनरमध्ये ३ कन्टेनरमा डल्ले स्याउ छ, जसको एक कन्टेनर डल्ले स्याउ काठमाडौंसम्म ल्याउन २७ लाख रूपैयाँ लागत पर्छ । 

जसअनुसार ३ कन्टेनर डल्ले स्याउको करीब ८१ लाख रूपैयाँ पर्न आउँछ ।

उनीहरूले बाँकी २ कन्टेनरमा रातो अंगुर र नास्पाती लोड गरेका छन् ।

एक कन्टेनर रातो अंगुर काठमाडौंसम्म ल्याउँदा करीब ५० लाख रूपैयाँ लागत लाग्छ । 

केही दिनअघि मात्रै दुई कन्टेनर सुन्तला नाकामा फाल्नुपरेको व्यवसायी कार्कीले गुनासो गरे । 

फलफूलको थोक बजारमा रहेका अर्का व्यवसायीले पनि नाकामा ५ गाडी रोकिएर बसेको सुनाए । 

विशेष गरी फलफूल तथा छिट्टै बिग्रने वस्तुहरू नाकामा लामो समयदेखि रोकिँदा आर्थिक भार बढेको व्यवसायीको गुनासो छ । 

यो त प्रतिनिधि घटना मात्र हो । अहिले सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवाको केरुङ नाकामा चिनियाँ पक्षले थोरै मात्र गाडीहरू पठाइरहेको छ । 

रसुवागढी नाकामा दैनिक ७ देखि ९ कन्टेनर आइरहेका छन् भने तातोपानी नाकामा १० देखि १२ गाडीहरू पास भइरहेको भन्सार विभागले जनाएको छ । 

ती गाडीहरूबाट निकै न्यून मात्रामा मात्र सामानहरू आयात हुँदा चाडपर्वमा व्यवसायीहरूलाई मात्र समस्या होइन उपभोक्तामा समेत यसको असर परेको छ ।

दशैंका लागि मगाइएका सामान तिहारमा पनि नआइपुग्ने !

व्यवसायीहरूका अनुसार अहिले नाकामा एक सयभन्दा बढी चिनियाँ कन्टेनरहरू रोकिएका छन् । जुन गाडीहरू कम्तीमा ३० दिनभन्दा पहिले नै लाइनमा बसेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । 

उनका अनुसार दशैं लक्षित गरेर ल्याइएको फलफूलहरू तिहारका लागि पनि नआइपुग्ने अवस्था छ । 

तिहार लक्षित सामानहरू पनि कहिले आइपुग्ने भन्ने ठेगान नभएको अध्यक्ष बानियाँ बताउँछन् । 

अहिले तिहारका लागि आउनुपर्ने नास्पाती, चिनियाँ ओखर, लसुन तथा फलफूलहरू नाकामा रोकिएका छन् । 

‘पुगेका कन्टेनरहरू ३५ दिनदेखि ४५ दिनसम्ममा आइपुगेका छन्,’ अध्यक्ष बानियाँ भन्छन्, ‘तिहारका लागि मगाइएको सामान तिहार अगाडि आउँछ कि आउँदैन यकिन भन्न सकिने अवस्था नै रहेन ।’

उनका अनुसार अहिले नाकामा फलफूल व्यवसायीहरूका मात्रै करीब ३० देखि ४० करोडका सामानहरू रोकिएका छन् ।  

झिलिमिली बत्तीको अभाव 

फलफूलमात्र होइन चिनियाँ नाकामा अहिले धेरै मालवस्तुहरू रोकिएका छन् । 

तिहार विशेषतः झिलिमिली चाड हो । तिहारमा बालिने झिलिमिली बत्तीहरू अहिले बजारमा निकै न्यून मात्रामा छन् । 

चीनबाट आउनुपर्ने कतिपय यस्ता सामानहरू रोकिँदा तिहार नै प्रभावित हुने व्यवसायीहरूको भनाइ छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले अहिले तिहारका लागि बजारमा निकै न्यून मात्रामा झिलिमिली बत्ती आएको बताए । 

उनका अनुसार विगतमा तिहारमा ३० करोड रूपैयाँभन्दा माथिको लागतको झिलिमिली बत्तीहरू मुलुकमा आयात हुने गरेको थियो । 

तर, अहिले अनुमानित १० करोड रूपैयाँ बराबरको मात्रै यस्ता सामानहरू आयात भएका छन् । आयात गरिएका यी सामान बजारमा निकै नै कम हुने उनको भनाइ छ । 

उनले भने, ‘माग बढी हुन्छ, तर आयात नै कम हुँदा बजारमा नपाइने समस्या देखिन्छ ।’

अहिले नाकामा ४ कन्टेनर झिलिमिली बत्ती रोकिएको उनले सुनाए ।

तातोपानी र केरुङ नाकामा आयातका लागि सहज अवस्था नहुँदा व्यवसायीहरू मारमा परेको उनको भनाइ छ । 

‘फेस्टिभल लाइट तिहारको लागि आउनुपर्ने हो, त्यो भन्दा पछि भयो भने एक वर्ष गोदाममा राखेर अर्को वर्ष बेच्नुपर्ने हुन्छ,’ उनी भन्छन्,‘यसो हुँदा खर्च त कहाँ हो कहाँ पुग्छ, व्यवसायीहरूलाई अहिले निकै समस्या भइरहेको अवस्था छ ।’

उनका अनुसार सामान किन्नका लागि ३ महिनाअघि नै माग गर्नुपर्ने हुन्छ । यस वर्ष कोरोना महामारीको तेस्रो भेरियन्टको हल्लाका कारण ३ महिनाअघि पनि व्यवसायीहरूले धेरै सामान माग गर्न सकेनन् । जसकारण पनि अहिले बजारमा यस्ता सामानहरू कम आयात भएका छन् । 

न दशैंका कपडा आयो न चिसोका 

व्यवसायीहरूले दशैंका लागि मगाएको चिनियाँ कपडा अहिलेसम्म बजारमा आइपुग्न सकेको छैन । 

‘नाकामा सामान रोकिँदा साह्रै नराम्रो भयो, अब चिसोमा लगाउने कपडा पनि आयात हुन सकेको अवस्था छैन,’ हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले लोकान्तरसँग भने । 

नेपालमा चिनियाँ कपडाको हिस्सा करीब ७० प्रतिशत छ । तर विगतदेखि नै चिनियाँ कपडा कम आयात हुँदा चिसोमा लगाउने कपडा पनि अभाव हुने उनले संकेत गरे । 

‘विस्तारै आउन त आइरहेका छन्, तर त्यो निकै न्यून हो,’ उनले भने ।

भन्सार नाकामा किन झन्झट ? 

चीनले अहिले कोरोनाको कारण देखाउँदै नाकामा कडाइ गरेको छ । 

नेपाली व्यवसायीहरू चीनको सोही नीतिको मारमा परेका हुन् । जसकारण व्यवसायीहरूले यसलाई चीनले अघोषित नाकाबन्दी गरेको समेत टिप्पणी गरिरहेका छन् ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ अहिले चीनले अघोषित नाकाबन्दी गरिरहेको बताउँछन् ।

उनले अहिले चिनियाँ पक्षले भारतले गरेको भन्दा ठूलो नाकाबन्दी गरिरहेको आरोप लगाए । उनी भन्छन्, ‘यो भनेको सरकारलाई नै तर्साएको हो, यसमा सरकारले नै सहजीकरण गर्नुपर्छ ।’

नेपाल विद्युतीय व्यवसायी संघका अध्यक्ष पौडेल व्यापारिक कारणले मात्रै चीनले नाकामा कडाइ गरेको जस्तो नलागेको बताउँछन् ।  

उनले आफूहरूले वाणिज्य तथा परराष्ट्र मन्त्रालयलाई नाकामा सहजीकरण गर्न आग्रह गरेको भए पनि समस्या समाधान हुन नसकेको समेत उनको भनाइ छ । 

‘यो हाम्रो पहलले मात्र हुने कुरा होइन, सरकारले उच्च तहबाट नै कूटनीतिक रुपमा नाका यथाशीघ्र सञ्चालन गर्न/गराउन चिनियाँ पक्षलाई आग्रह गर्नुपर्छ,’ अध्यक्ष पौडेलले भने ।  

यता हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले नाकामा सहजीकरण गर्नका लागि सरकारले पहल नै नगरेको आरोप लगाए । 

‘मुलुकमा अहिले राजनीतिक खिचातानीका कारण सरकारको ध्यान त्यता गएको छैन,’ उनी भन्छन्,‘व्यापार व्यवसाय चौपट भयो, यसमा सरकारले चासो नै दिएन ।’

के भन्छ सरकार ? 

व्यापारीहरूले सरकारी निकायले आवश्यक पहल नगरेको बताउँदै गर्दा सरकारी अधिकारीहरूले भने पहल भइरहेको जनाएका छन् ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले व्यवसायीले चाहेअनुसारको सामान उताबाट आउन नसकेको जानकारी दिए । 

उनले चिनियाँ पक्षलाई आफूहरूले नाकामा सहजीकरणका लागि आग्रह गरेको समेत सुनाए । 

‘हामीले चिनियाँ पक्षलाई पनि अनुरोध गरेका छौँ । त्यहाँको स्थानीय निकायहरूले  नाका विस्तारै सहज हुँदै जाने बताएका छन्,’ उनले भने ।

उनका अनुसार अहिले दैनिक १० गाडीहरू तातोपानी नाका आइरहेको छ ।

चिनियाँ पक्षले पूर्वाधार थप गरिरहेको बताएको भन्दै उनले नाका खुलाउने प्रयास भने भइरहेको सुनाए । उनले भने, ‘हामीले पहल त गरिरहेका छौँ, तर कहिले सहज हुन्छ भन्न सक्ने अवस्था छैन ।’

रसुवाका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले पनि आफूहरूले नाका सहजीकरणका लागि पहल गरिरहेको भए पनि समस्या समाधान नभएको सुनाए । 

उनका अनुसार केरुङ नाकामा अहिले दैनिक ७ गाडी पास भइरहेका छन् । 

चिनियाँ पक्षले कोरोनाको कारण देखाएर कन्टेनर थप नगरेको उनको भनाइ छ 

उनले भने, ‘आन्तरिक कुरा थाहा छैन, उनीहरूले देखाएको कारण भने कोभिड हो ।’

परराष्ट्र मन्त्रालयले भने नाका सामान्य अवस्थामा सञ्चालनमा आएको जानकारी आएको बताएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले लोकान्तरसँग भनिन्, ‘हामीले चिनियाँ पक्षसँग नाका पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आग्रह गरेका थियौँ, अहिले नाकामा सहज भएको जानकारी पाएका छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x