माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कात्तिक १९, २०७८
बाइडन (अमेरिकी राष्ट्रपति जो बाइडन)सँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिला नेपाल आएका रहेछन् । नेपाल खुब मनपर्छ भने । जोनसन (बेलायती प्रधानमन्त्री बोरिस जोन्सन)ले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन् । पूरा सहयोग गर्ने कुरा गरेका छन् ।
बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने ।
देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले मात्र बाइडनले चिने, अन्यथा चिन्ने रहेनछन् ।
देउवाको अभिव्यक्तिले नेपाल कूटनीतिक रूपमा र सामरिक रूपमा कहाँ छ, भन्ने देखाउँछ । मानौं नेपालको पहिचान भनेकै त्यही एउटा भादगाउँले टोपी हो । नेपालको अरू पहिचान र परिचय छैन । केवल टोपी लगाएर उभिएको एउटा मानिसले नेपालको प्रतिनिधित्व गर्छ ।
कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपतिको भेटवार्ता पूर्वनिर्धारित हुन्छ । न कि देउवाले दाबी गरेको जस्तो भादगाउँले टोपी लगाएको मान्छे देख्दैमा यो नेपालको प्रधानमन्त्री भनेर हात मिलाउन गएका हुन् ।
एसियाका उदीयमान दुई मुलुक चीन र भरतको बीचमा रहेको र सामरिक महत्त्व भएको देश आफ्नो कूटनीतिक पहिचानमार्फत होइन भादगाउँले टोपीका कारण आफ्नो पहिचान दिनुपर्ने अवस्थामा पुगेको छ ।
कूटनीतिक कौशलमार्फत अन्तर्राष्ट्रिय जगत र मञ्चमा नेपालको सामर्थ्य बढाउने कुरामा ध्यान दिनुको सट्टा भादगाउँले टोपी लगाएको देखेर अमेरिकी राष्ट्रपतिले चिनेकोमा प्रफुल्ल छन्, हाम्रा प्रधानमन्त्री ।
अमेरिकी राष्ट्रपतिसँग हात मिलाउनु र फोटो खिचाउनु नै नेपालका प्रधानमन्त्रीको भ्रमण सफल भएको मानक बनेको छ । ‘हाम्रो नेतालाई अमेरिकी राष्ट्रपतिले भेट दियो’ भनेर कार्यकर्ताहरूले यसैमा हर्षबढाइँ गर्छन् ।
त्यो बेलाको कूटनीतिक सामर्थ्य
आजभन्दा ५३ वर्षअघि अर्थात् सन् १९६७ मा नेपालका तत्कालीन राष्ट्र प्रमुख राजा महेन्द्रले अमेरिकाको भ्रमण गरेका थिए ।
गाडीमा चन्द्रसूर्य अंकित नेपालको झण्डा फहराउँदै नेपालका राष्ट्र प्रमुखले ह्वाइट हाउसमा स्वागत पाएका थिए ।
तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा अमेरिका गएका महेन्द्रले भव्य स्वागत पाएका थिए ।
महेन्द्रले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने बेला महासचिव लगायत मञ्चमा रहेका विदेशी उच्च अधिकारी उठेर स्वागत गरेका थिए ।
सोही भ्रमणका दौरान महेन्द्रले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओसँग भेटवार्ता गरेका थिए ।
अमेरिका मात्र होइन, बेलायत, चीन र भारतमा पनि नेपालले उच्च सम्मान पाएको थियो, कुनै बेला ।
सन् १९६० को अक्टोबर २० मा बेलायत भ्रमणमा गएका राजा महेन्द्रको स्वागतका लागि बेलायती महारानी र राजपरिवारका सदस्य भिक्टोरिया स्टेसनमा स्वागतका लागि आइपुगेका थिए ।
महेन्द्रको निमन्त्रणामा बेलायती महारानी एलिजाबेथले नेपालको भ्रमण गरिन् । महेन्द्रले विक्रम संवत् २०१८ सालमा चीनको भ्रमण गरे ।
जुनसुकै मुलुकमा पनि उनले उत्तिकै सम्मान पाए । त्यो बेला नेपालको ख्याति विश्वभर फैलिएको थियो ।
कुनै बेला अमेरिकी राष्ट्रपति र बेलायती महारानीबाट स्वागत पाएको नेपाली स्वाभिमान ५० वर्षपछि भादगाउँले टोपीले थामिदिएको छ ।
कुनै बेला अमेरिकी राष्ट्रपतिले स्वागत गर्ने नेपालको नेतृत्वलाई अहिले राजदूतहरूले पनि भाउ दिन छाडेका छन् ।
कुनै बेला स्वाभिमान उच्च रहेको मुलुक विदेशी स्वार्थहरूको क्रिडास्थल बनेको छ ।
हाम्रो कूटनीतिक हैसियत कति गिर्यो भने, भारतको कुनै मन्त्री आउँदा नेपालका पूर्वप्रधानमन्त्रीहरू प्रोटोकल बिर्सेर लर्को लागेर होटलमा भेट्न पुग्छन् । व्यक्तिगत र दलीय स्वार्थका लागि नेपालको स्वाभिमान झुकाउने काम गर्छन् ।
यहाँसम्म कि चुनावमा सांसद्को टिकट पाउन, मन्त्री बन्न दूतावासको आर्शिवाद थाप्ने काम खुलेआम हुन थाल्यो । नेपाल प्रहरीको महानिरीक्षक बन्न दूतावासमा बिन्तीपत्र हाल्न गएको कुरा उनीहरूले नै खुस्काइदिँदा नेपालको स्वाभिमान धूलिसात हुन पुग्यो ।
किन कमजोर भयो हाम्रो कूटनीतिक सामर्थ्य ?
१५ वर्षअघि सन् २००६ को जुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा समकक्षी मनमोहन सिंह नै विमानस्थलमा आएका थिए ।
सामान्यतया समकक्षीको स्वागतका लागि प्रधानमन्त्री विमानस्थल जाने प्रचलन भारतमा थिएन ।
नेपालमा दोस्रो जनआन्दोलनपछि बनेको सरकारको प्रधानमन्त्री कोइरालालाई मनमोहन सिंहले ‘दक्षिण एसियाका महान नेता’ भनेर सम्बोधन गरेका थिए । तर त्यो सम्मान धेरै दिन टिकेन ।
पछि त हुँदाहुँदा नेपालका राष्ट्रपतिको स्वागतका लागि राज्यमन्त्री पठाएर भारतले नेपालको मानमर्दन गर्ने कोशिश गर्यो ।
भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज विमानस्थल पुगेकी थिइन् ।
कूटनीतिक रूपमा नेपालको सामर्थ्य घट्नुमा विदेशीको दोष थिएन, नेपालका नेताहरूको लाचारी मुख्य कारण थियो । यदि यहाँका नेताको अडान हुन्थ्यो भने विदेशीले ‘बाघको छालामाथि स्यालको रजाईं’ गर्न पाउने थिएनन् ।
भारतीय नाकाबन्दीको सामना गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ‘भूगोल सानो भए पनि कुनैपनि देशको सार्वभौमसत्ता’ ठूलो सानो हुँदैन भन्थे । पछि पनि उनले बारम्बार यो कुरा दोहोर्याए, तर व्यवहारमा त्यसो भएन ।
कुनै बेला भारतसँग चट्टानी अडान लिएका ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’ बनेर आएको भनेर दाबी गरिएका खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा भेटेर लामो भलाकुसारी गरे । गोलयको नेपाल भ्रमणपछि नै संसद् विघटन लगायतका काम भएको भनेर पार्टीभित्रका नेताहरूले नै आरोप लगाए ।
देउवा प्रधानमन्त्री बनेर आएपछि पनि अवस्था उस्तै छ । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले अमानवीय ढंगले तुइन काटिदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा लामो समयसम्म सरकारको मौनता, कूटनीतिक विरोधको कर्मकाण्डले नेपालको कूटनीतिक हैसियतमा प्रश्न उठाइरहेको छ ।
हामी सानो र गरीब मुलुक भनेर जब देशको नेतृत्व गर्ने व्यक्तिले हीनताबोध र लघुताभाष देखाउँछ, तब नेपालको छवि कसरी उचो हुन्छ ? बीपी कोइराला यही देशको प्रधानमन्त्री थिए । उनी अन्तर्राष्ट्रिय मञ्चमा डटेर कुरा राख्थे ।
त्यो अडान र कूटनीतिक कौशलको कुरा छाडौं, एउटा आर्थिक सहयोग कार्यक्रम लिने/नलिने भन्ने विषयमा देश ध्रुवीकृत छ । त्यही एउटा आर्थिक सहायता कार्यक्रम लिँदा कायापलट हुने या विदेशी सेना आउने वाद विवादले मुलुक महिनौंदेखि रुमल्लिएको छ ।
विडम्बना भन्नुपर्छ, पटक–पटक सरकारको नेतृत्व गरेको यही असफल पुस्ताले देशको कायापलट गर्छ भन्ने दिग्भ्रम मेटिएको छैन ।
नेपालको प्रधानमन्त्री भन्दा पनि भादगाउँले टोपी लगाउने नेपालीलाई चिनिदिएकोमा अमेरिकी राष्ट्रपति बाइडनलाई चाहिँ धन्यवाद भन्नैपर्छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...