×

NMB BANK
NIC ASIA

गृहमन्त्री खाँणले सारे क्रियाशील सदस्यता

नयाँ निर्वाचन क्षेत्रको खोजीमा गृहमन्त्री !

कात्तिक २९, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा आफूपछिको दोस्रो वरीयतामा राखेर गृहमन्त्री बनाएपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको ‘राजनीतिक कद’ थप उचो भयो ।

Muktinath Bank

खाँण हरेक अप्ठ्यारोमा देउवालाई साथ दिँदै उनकै सेरोफेरोमा रहने विश्वासपात्र हुन् । पार्टीमा दह्रो पकड राख्न र सरकारको सिँढीमा उक्लिन उनी सिपालु मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको दोस्रो वरीयातामा पुगेका गृहमन्त्री खाँण गृहजिल्लामा भने आफू सुरक्षित हुने निर्वाचन क्षेत्रको खोजीमा छन् । अहिले खाँणको काठमाडौं–रूपन्देही ओहोरदोहोर तीव्र छ ।


Advertisment
Nabil box
Kumari

आफ्नै क्षेत्र रूपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा असुरक्षित महसूस गरेर २०७४ सालको निर्वाचनमा खाँण समानुपातिकमा खुम्चिएका थिए ।

Vianet communication

अहिले ३ नम्बर क्षेत्रभन्दा १ नम्बर बलियो देखेर गृहमन्त्री खाँण प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन नै लड्ने गरी तयारीमा लागेका छन् । १ नम्बर क्षेत्र पनि कांग्रेसका लागि त्यति बलियो क्षेत्र मानिँदैन ।

२०७० सालको निर्वाचनमा कांग्रेस रूपन्देहीका सभापति तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले एमालेका नेता छविलाल विश्वकर्मालाई २०४ मतान्तरले पराजित गरेका थिए भने २०७४ सालको निर्वाचनमा विश्वकर्माले रज्जाकलाई ७ हजार ३८० मत अन्तरले पराजित गरेका थिए । त्यो बेला माओवादी र एमालेको मत हुँदा विश्वकर्मा विजयी भएका निष्कर्ष कांग्रेसले निकालेको थियो ।

आफ्नो निर्वाचन क्षेत्र ३ बाट किनारा लागेर आफूलाई क्षेत्र नम्बर १ तिर चुनाव लड्ने गरी केन्द्रित हुन थालेका छन् खाँण । सुरक्षित राजनीतिक मैदान खोज्दै खाँणले आफ्नो क्रियाशील सदस्यता पनि १ नम्बर क्षेत्रमा सारेका छन् ।

आगामी निर्वाचनमा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर कार्यकर्ताको मनोभाव र पार्टीको बलियो ‘आधार इलाका’ रहेको क्षेत्रको खोजीमा खाँण छन् । पछिल्लो चुनावमा ३ नम्बर क्षेत्रमा कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक बोहोरा थिए । बोहोरालाई एमाले उपमहासचिव घनश्याम भुसालले पराजित गरेका हुन् ।

‘उहाँले आफ्नो क्रियाशील सदस्यता बुटवल–६ बाट तिलोत्तमा–८ मा सार्नुभएको छ । उहाँ अहिले नयाँ निर्वाचन क्षेत्रको खोजीमा हुनुहुन्छ । क्षेत्र नम्बर ३ छाडेर १ तिर लम्किनुभएको छ,’ कांग्रेसको संस्थापनइतर एक नेताले भने ।

गृहमन्त्री खाँणले भाइटीकाको अघिल्लो दिन १ नम्बर क्षेत्रको गौशाला र तिलोत्तमाको गौशालामा आएर पूजाआजा समेत गरेका छन् । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा खाँणले ३ नम्बर क्षेत्रमा एमालेका लीला गिरीलाई १ हजार २०० भन्दा बढी मतान्तरले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा एमालेका भुसालसँग खाँणको मतान्तर ८५ मा झरेको थियो । २०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावले असुरक्षित देखाएपछि खाँण समानुपातिकमा बसेका थिए ।

पार्टीभित्र तीव्र असन्तुष्टिबीच खाँणले आफ्ना सहोदर भाइ रामकृष्णलाई तिलोत्तमाको मेयरमा उम्मेदवार बनाए तर रामकृष्ण पराजित भए । खाँणको आफ्नै वडा तिलोत्तमा–८ पनि एमालेको पोल्टामा पुग्यो । खाँणको नातावादप्रति कांग्रेस कार्यकर्ताहरूले निरन्तर प्रश्न उठाइरहे ।

३ नम्बर क्षेत्र नम्बरमा पर्ने सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधन गाउँपालिकामा पनि एमालेले जीत हाँसिल गरेपछि खाँण प्रत्यक्ष चुनावबाट पछाडि हटेका कांग्रेस नेताहरू नै बताउँछन् । यतिबेला सत्ता र शक्तिमा रहेका खाँण पार्टीको निर्वाचनमा महामन्त्री र संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने सोचमा रहेका उनी निकट नेताहरू बताउँछन् । 

१ नम्बर क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका–७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिका–१, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् । ३ नम्बर क्षेत्रमा बुटवल–१४, १५, १६, १७, १८, १९ र तिलोत्तमा–१३, १४ र मायादेवी–७, ८ र ओमसतिया–२, सिद्धार्थनगरका सम्पूर्ण वडाहरू, सियारी–१, २, ३, ६, ७ र शुद्धोधन गाउँपालिकाका सम्पूर्ण वडाहरू पर्छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । 

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले गृहमन्त्री खाँणले आफूले चाहेको निर्वाचन क्षेत्रबाट लड्न पाउने बताए । ‘उहाँ दाइ टिकट बाँड्ने मान्छे हो,’ पाण्डेले लोकान्तरसँग भने, ‘उहाँ रूपन्देहीको जुनसुकै क्षेत्रबाट लड्न सक्नुहुन्छ । १ नम्बर क्षेत्रमा जान पनि पाउनुभयो । २, ३, ४, ५ जहाँबाट पनि लड्न सक्नुहुन्छ नि !’

आउँदो निर्वाचनमा एमालेले पनि ३ नम्बर क्षेत्रबाट घनश्याम भुसाललाई नै अगाडि सार्ने देखिन्छ । 

२०७४ सालको निर्वाचनमा कांग्रेस ४ र ५ नम्बर क्षेत्रबाट विजयी भएको थियो । ४ नम्बरबाट प्रमोद यादव र ५ नम्बरबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह विजयी भएका थिए ।

कांग्रेसका पूर्व महासमिति सदस्य कृष्ण पौडेलले खाँण सधैं सुरक्षित र मेहनत गर्न नपर्ने ठाउँको खोजीमा लाग्ने नेता भएको बताए । ‘कांग्रेसका लागि १ नम्बर क्षेत्र बलियो हो तर सजिलो चाहिँ कतै छैन । मेरो टिकट २०६४ सालमै नखोसेको भए त्यहाँ पनि कांग्रेसले चुनाव जित्थ्यो,’ पौडेलले लोकान्तरसँग भने । 

पौडेलले थपे, ‘हामी अहिले कांग्रेसको राजनीतिमा निष्क्रिय छौं । प्रभावशाली नेता भएको भए त आफ्नो निर्वाचन क्षेत्र बलियो बनाउँथें । प्रत्यक्ष चुनाव लड्थें ।  यताउता डुल्ने अस्थिर नेता हुन् खाँण, उनले १ नम्बर क्षेत्र सुरक्षित देखेको हुन सक्लान् ।’

आगामी चुनाव प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गराउने देखिन्छ । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले गृहमन्त्री खाँणले क्रियाशील सदस्यता स्थानान्तरण गर्दैमा निर्वाचन क्षेत्र परिवर्तन गर्न खोजेको भनेर बुझ्न नमिल्ने तर्क गरे । उनी पछिल्लो समय निरन्तर गृहजिल्लामा पार्टीका विभिन्न कार्यक्रम सहभागी हुँदै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x