रुसको कोइलाखानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

रुसको कोइलाखानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

रुसको कुजबास क्षेत्रमा रहेको एक कोइलाखानीमा दुर्घटना भएपछि कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी मानिस घाइते भएका छन् ।  


Advertisement

सतहबाट २५० मिटर मुनि धूवाँ आएको खबर सार्वजनिक भएपछि मानिसहरूको खोजी र उद्धार शुरू गरिएको थियो । 


Advertisement

विस्फोट वा आगलागी नभए पनि धूवाँका कारण उद्धारकार्यमा अवरोध पुगेको बताइएको छ ।

दुर्घटना हुँदा कुल २८५ मानिस खानीमा थिए । २०० भन्दा बढीलाई उद्धार गरिसकिएको छ । 


Advertisement

कुजबास क्षेत्र साइबेरियामा छ । त्यो मस्कोभन्दा तीन हजार किलोमिटर पर छ । 

यस क्षेत्रमा कोइलाका विशाल भण्डार छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्