२३ जेठ २०८३, शनिबार

बन्यो स्मरणशक्ति बढाउने हेलमेट, मूल्य कति ?

मंसिर १४, २०७८
बन्यो स्मरणशक्ति बढाउने हेलमेट, मूल्य कति ?

आफ्नो स्मरणशक्ति कसरी बढाउने, दिमागलाई कसरी तीक्ष्ण बनाउने उपाय के हो ? प्रायः भुल्ने समस्या भएकाहरू गुगलमा यस्तै उपायहरू खोज्ने गर्छन् । तर, अब भने तनाव लिइरहनु पर्दैन । किनभने वैज्ञानिकले स्मरणशक्ति बढाउने हेलमेट बनाएका छन् । 

मिडिया रिपोर्टसका अनुसार डरहम युनिभर्सिटीका वैज्ञानिकले बनाएको यो हेलमेट भुल्ने रोग डिमेन्सियाका बिरामीहरूलाई फाइदाजनक हुने दाबी गरिएको छ । 

प्रायः उमेर बढेपछि मानिसहरूमा सम्झनाशक्ति कमजोर हुँदै जान्छ । यस्तोमा मानिसहरू जिन्दगीका पुराना र विशेष कुराहरू पनि भुल्ने गर्छन् । यस्तोमा वैज्ञानिकहरूले बनाएको यो हेलमेट काम आउन सक्छ । 

वैज्ञानिक टिममा सहभागी डा. गडल डुगलले हेलमेट लगाएपछि स्मरणशक्तिलाई नियन्त्रण गर्नेवाला मस्तिष्कको खराब भएको कोषिकाहरू पुनः ठीक गर्न सकिने बताए । अर्थात् यो हेलमेटको प्रयोगले दिमागको कोषिकाहरूको काम गर्ने क्षमता बढाउन सकिन्छ, जसले स्मरणशक्तिमा सुधार गर्न सकिनेछ । 

वैज्ञानिकले यो हेलमेट ६ मिनेट लगाएपछि यसको असर शुरू हुने दाबी गरेका छन् । यस्तै यो हेलमेटले रगतको सञ्चार पनि सुधार्ने बताइएको छ । 

यो हेलमेटलाई लिएर १३ जना मानिसहरूमाथि अनुसन्धान गरिएको थियो, जसमा हेलमेटको सकारात्मक असर देखिएको दाबी गरिएको छ । विशेषज्ञका अनुसार डिमेन्सिया रोग ‘ब्रेन सेल्स’ तीव्र रुपमा खराब भएकाले लाग्ने गर्छ । 

यो हेलमेटको मूल्य झण्डै १२ लाख रूपैयाँ पर्ने बताइएको छ । यद्यपि अहिलेसम्म यो बजारमा आएको छैन । -नवभारत टाइम्स

salt training

कमेन्ट गर्नुहोस्