×

जानकी मन्दिरमा २२ जोडीको सामूहिक विवाह

मंसिर २४, २०७८

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीवार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । 

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।
 
सीताराम विवाह पञ्चमी महोत्सव सकिएलगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।


Advertisment

विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रूपमा रहेको प्रचारप्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।


Advertisment

विवाह समारोहमा २ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।

विश्व हिन्दू परिषद् नेपालले विगत ४ वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । अघिल्लो वर्ष कोरोना संक्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।
 

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x