×

NMB BANK
NIC ASIA

देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेर चुनाव जिते- चन्द्र भण्डारी

मंसिर २९, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार बनेका डा. चन्द्र भण्डारीले महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले आयोजना गरेको धन्यवाद ज्ञापन सभालाई सम्बोधन गर्दै भण्डारीले भने, ‘शक्तिको लागि पद र पद प्राप्त गर्न रंगमञ्चमा पैसाले ठूलो काम गर्दो रहेछ । यो सरकार हुँदैनथ्यो, सरकारको दुरूपयोग हुँदैनथ्यो, मनी, मसलको प्रयोग हुँदैनथ्यो भने हामीले जितिसकेका हुने थियौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारीले नयाँ प्रविधिसहित जानेको नयाँ डाक्टर र पुरानो गरी दुई डाक्टरको उदाहरण दिँदै भने, ‘बिरामी नयाँ डाक्टरकोमा जानै मान्दैन । पुरानो डाक्टरको हात काँप्छ अप्रेशन गर्दा प्यारालाइसिस हुने डर छ । तर, बिरामी उतै जान चाहन्छ । मेरो पार्टीभित्रको बिरामी साथीहरू बोली नबुझिए पनि उतै जान्छन् । अब मेरो क्लिनिक भने १५ औं महाधिवेशनसम्म चलाइराख्न आवश्यक भयो ।’ 


Advertisment
Nabil box
Kumari

सम्बोधनको क्रममा भण्डारीले अर्कोे पनि उदाहारण जोडे । ‘मोबाइलले अहिले टाइपराइटर, टीभी, रेडियो सबैको ठाउँ लिएको छ । तत्काल लाइभ गर्न पनि सकिन्छ । टाढाटाढा छोराछोरीहरूसँग कुरा गर्न पनि सकिन्छ । पार्टीमा पनि नयाँ सेट बनाऔं भनेका थियौं । हाम्रा साथीहरूले अधिवेशनमा स्वीकार गर्न सक्नुभएन,’ भण्डारीले भने । 

Vianet communication

पार्टीमा आदर्श मानिएका व्यक्तिहरू पनि सत्ता र शक्तिका निम्ति ढलेको उनले बताए । भण्डारीले भने, ‘सत्ता र शक्तिका निम्ति कति ठूलो परिवारका खम्बाहरू ढल्दा रहेछन् हात हल्लाएको देख्नुभएकै छ । तर, पन्ध्रौँ अधिवेशनको नेतृत्व गर्ने जिल यही हलभित्र छ । यो हलले विचारको नेतृत्व गरेको छ र विचारले जितेको छ । निष्ठावान कांग्रेसले जितेको छ ।’

आगामी दिनमा शेखर कोइराला समूहको बाटो नरोकिने उनले बताए । ‘हाम्रो बाटो अब रोकिँदैन । हाम्रा पैतलाहरू पछाडि फर्किँदैन । हाम्रा दृष्टिकोण पछाडि फर्किँदैनन्,’ भण्डारीले भने, ‘हामीले मानेका आदरसम्मान गरेका मान्छेहरूलाई पनि तपाईं हामीले चिन्ने मौका पायौं ।’ 

सभापति जितेका शेरबहादुर देउवाले गुटको नेतृत्व नगरी सिंगै पार्टीको नेतृत्व गर्न भण्डारीले सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x