×

NMB BANK
NIC ASIA

एमसीसीबारे सर्वदलीय बैठकमा विवाद, माओवादी र नेकपा (एस)ले भने- यथास्थितिमा पास गर्न सकिँदैन

पुस ४, २०७८

NTC
तस्वीरः रासस
Premier Steels

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा सत्ता गठबन्धन दलबीच विवाद भएको छ । संसद अवरोध खुलाउन र एमसीसीबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको सर्वदलीय बैठकमा गठबन्धन दलबीच नै विवाद भएको हो । 

Muktinath Bank

सत्ता गठबन्धनका दलहरूले यथास्थितिमा एमसीसी पास गर्न नमिल्ने बताए । कांग्रेसले भने संसद अवरोधका बीच भए पनि एमसीसी पास गर्नुपर्ने जनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले संशोधनविना एमसीसी पास गर्न नहुने धारणा राखेका थिए । कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले एमसीसी अगाडि बढाउनुपर्ने जस्तो संकेत गरेपछि माओवादी नेता श्रेष्ठले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी बढाउन नहुने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै नेकपा (एस)का नेता वेदुराम भुसालले पनि संशोधनविना एमसीसी पास गर्न नहुने बताए । 

Vianet communication

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी खारेज हुनुपर्ने बताए । उनका अनुसार त्यहाँ उपस्थित भएका राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका दलले पनि एमसीसीको विरोध गरेका थिए । 

बैठकमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीको समर्थन गर्दै यसलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।

जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीलाई अगाडि बढाउनुपर्ने बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले भने धारणा राखेनन् । 

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकबारे जानकारी दिँदै एमसीसीका बारेमा थप छलफल गर्ने सहमति भएको बताए । ‘बैठकमा संसद् अवरोध र एमसीसीबारे छलफल भयो,’ उनले भने, ‘एमसीसीका विषयमा थप छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।’

लामो समयमसम्म संसदलाई बन्धक बनाइरहनु उचित नभएको भन्दै प्रमुख प्रतिपक्ष दलसँग संवाद र उपयुक्त सहमति खोज्ने बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x