×

NMB BANK
NIC ASIA

सुध्रेन प्रहरीको बोली व्यवहार

पुस ८, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
Premier Steels

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

Muktinath Bank

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै भएर गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन । त्यस्ता निर्देशनले धेरैजसो हाकिम (उच्च अधिकृत)लाई नछुने भएकाले नै यस्तो समस्या देखिएको चर्चा प्रहरी सङ्गठनभित्रै हुने गर्दछ । सुरक्षा निकायको ‘चेन अफ कमान्ड’ अनुसार, ‘सुधार र परिवर्तन’ नेतृत्व तह (माथि)बाट सुरु हुनुपर्छ तर यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई बढी लक्षित हुने भएकाले प्रभावकारी हुन नसकेको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन । “यतिसम्म हुन्छ कि आचरण सुधार र बोली व्यवहार परिवर्तनसम्बन्धी निर्देशन केन्द्रबाट पटक पटक जारी हुन्छन् तर तल्लो तहका कर्मचारीलाई भने त्यसको जानकारी नै हँुँदैन” प्रदेश प्रहरी तालिम केन्द्रका एक सुवेदार मेजर (प्रहरी नायब निरीक्षक)ले भने– “हामीले पनि पत्रपत्रिका पढेर थाहा पाउने हो ।”

Vianet communication

सुवेदार मेजर कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरी कर्मचारीको ‘कमान्डर’ हो । नाम उल्लेख नगर्ने सर्तमा उनले थपे–“आचरण सुधार र बोली व्यवहार परिवर्तन तल्लो तहभन्दा हाकिमबाट सुरु गर्नुपर्छ ।”

आधारभूत प्रशिक्षणका क्रममा तालिम केन्द्रहरूमा गुरुबा (प्रशिक्षक)ले सिकाएको रुखो र तुच्छ भाषा तथा वरिष्ठ हाकिमले कनिष्ठ कर्मचारीलाई नियमित काम कारबाहीमा प्रयोग गर्ने बोली व्यवहार आफैँमा त्रुटिपूर्ण देखिएको छ । अर्थात् प्रहरीमा प्रवेशदेखि नै भाषिक समस्या हुन्छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल भाषा र बोली व्यवहारमा सामन्ती संस्कार तथा व्यक्तिको स्वभाव झल्किने भएकाले यस्ता कुरालाई प्रहरी सङ्गठनका सदस्यहरूबाट टाढै राख्न पटक–पटक निर्देशन हुने गरेको बताउँछन्। गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x