×

NMB BANK
NIC ASIA

रानी–विराटनगर–धरान ६ लेन सडकको बेहाल : कतै काम नै शुरू भएन, कतै बन्न नपाउँदै भासियो

पुस १८, २०७८

NTC
Premier Steels

रानीदेखि विराटनगर, इटहरी हुँदै धरानसम्मको सडक स्तरोन्नति आयोजना काम शुरू भएको १० वर्ष बित्न लाग्दा पनि कामले गति लिन सकेको छैन ।

Muktinath Bank

रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम कछुवाको गतिमा हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगर–रानी खण्डको तीन किलोमिटर सडक पनि बनाएको एक वर्ष नपुग्दै भासिएको छ ।


Advertisment
Nabil box
Kumari

‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिए पनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी मात्र सवारी आवागमन हुँदै आएको छ ।

Vianet communication

उक्त सडक खण्ड स्तरोन्नति गरेको आशिष निर्माण कम्पनी भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले भार थेग्न नसकेका कारण भासिएको भन्दै पन्छिने गरेको छ ।

‘सडकको भारबहन क्षमता २० टन मात्र छ,’ कम्पनीका एक प्रतिनिधिले भने, ‘भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर ३० टनसम्मका गाडी भित्रिँदा सडक भासिन पुग्यो ।’

एकातिर बनिसकेको सडक भासिएको छ भने अर्कातिर बाँकी सडक स्तरोन्नतिको काम निकै सुस्त छ । रानीको भन्सारदेखि शुरू भएको सडक विस्तारको काममा ढिलाइ हुँदा राजमार्गमा बस्नेहरूले धेरै सास्ती खेप्नु परेको छ ।

आर्थिक वर्ष ०६८/०६९ सालदेखि ठेक्का लाग्न थालेको सडक २०७५/२०७६ सम्ममा सक्ने लक्ष्य लिइएको थियो ।

दुहबी, इटहरी, धरान लगायतका क्षेत्रमा ७ किलोमिटर सडकमा जग्गा विवाद हुँदा ठेक्का समेत लाग्न सकेको छैन ।

महेन्द्रचोकदेखि बरगाछी सडक तुन्दिरमण जेभीले  वि. स. २०७३ असोजदेखि २०७५ वैशाखसम्ममा निर्माण सक्ने सम्झौता गरेको थियो । 

यस्तै बरगाछी–एयरपोर्ट मोड सडक खण्ड (१ दशमलव ५ किलोमिटर) कञ्चनजंघा–पीएस–गीताञ्जली जेभीले २०७० असार २७ गतेदेखि २०७४ असोजसम्म सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

२ पटक म्याद थप गरेर पनि अहिले सडक निर्माणको काम भने सकिएको छैन । 

एयरपोर्ट–डीडीसी खण्ड ढुकुछु–कान्छाराम डिम्डुङ जेभीले २०७० साल असार २७ गते सम्झौता गरेको थियो । उसले पटक–पटक म्याद थप गरे पनि काम भने कछुवाको गतिमा छ ।

त्यसको म्याद वि.स. २०७४ असार मसान्तमा सकिएको थियो । त्यसपछि पटकपटक म्याद थप भए पनि स्तरोन्नतिको काम पूरा भएको छैन ।

डीडीसी–नेमुवा नहर सडकको ठेक्का तीन प्याकेजमा लगाइएको थियो । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

यो सम्झौताअन्तर्गत डीडीसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम शुरू भएको छ ।

टंकी–बाँसवारी सडकखण्डको काम पनि कछुवाकै गतिमा चलिरहेको छ । शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको थियो । तर काम कहिले सकिने हो पत्तो छैन ।

बाँसबारी –नेमुवा सडक स्तरोन्नतिको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएको थियो । यो सडक खण्डमा भने कामले राम्रै गति लिएको इञ्जिनियरहरू बताउँछन् ।

सुनसरीको दुहबी बजारका काम अघि बढ्न सकेको छैन । यसको दूरी डेढ किलोमिटर रहेको छ । स्थानीयले सडकमा पर्ने गरी बनाएका घर भत्काउने विषयमा विवाद हुँदा ठेक्का सम्झौता नै हुन सकेको छैन । मुआब्जा विवादले काम प्रभावित भएको छ ।

सरकारले घरको क्षतिपूर्ति दिने बताएपनि स्थानीयले जग्गाको मुआब्जा पनि बजार मूल्यअनुसार दिनुपर्ने माग राखेको रानी–विराटनगर–इटहरी –धरान ६ लेन सकडकका इञ्जिनीयर उपेन्द्र दासले बताए ।

दुहबी–इटहरी सडक खण्डको ९ दशमलब ६ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा तुन्दिरमण जेभी जनकपुरले पाएको छ ।

२०७५ चैतमा नै उसले पाएको प्रारम्भिक म्याद सकियो । त्यसपछि थपिँदै आएको म्यादमा पनि काम सम्पन्न भएको छैन ।

इटहरी–तरहरा सडक खण्ड सबैभन्दा चौडा सडकको रूपमा स्थापित भएकाे छ ।  यो सडक खण्ड २ प्याकेजमा निर्माण पूरा हुने परियोजनाले जनाएको छ । 

इटहरी–आमगाछी सडक (साढे २ किलोमिटर)मा स्वच्छन्द कान्छाराम सैलुङ जेभीले २०७६ चैतसम्ममा सक्ने भनी ठेक्का पाएको थियो । तर काम अझै सम्पन्न भएको छैन ।

आमगाछी–तरहरा सडकखण्ड पनि साढे २ किलोमिटर नै रहेको छ । यसको ठेक्का आशिष–सन्तोषी लुम्बिनी जेभीले पाएको छ ।

२०७४ कात्तिकदेखि ठेक्का सम्झौता भएको यो सडक २०७७ वैशाखसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । काम अझै पूरा भएको छैन ।

एकैपटक ठेक्का लाग्न नसक्दा तथा विभिन्न समस्या आएका कारण कामले गति लिन नसकेको इञ्जिनीयर दासले बताए । दासका अनुसार ४९ किलोमिटर सडक खण्डमा १८ प्याकेज बनाएर ठेक्का लगाइएको थियो ।

जसमध्ये ४२ किलोमिटर ठेक्का लागेर काम भइरहेको छ भने ७ किलोमिटरको काम शुरू नै भएको छैन । उनका अनुसार अहिलेसम्म कामको प्रगति ७५ प्रतिशत मात्रै भएको छ । 

कामले गति लिन नसकेको भन्ने जनगुनासो बढेपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले ६ लेन सडकको दलबलसहित अनुगमन गरेका छन् ।

उनले कुनै समस्या भए लिएर आउन नत्र भटाभट काम गर्न ठेकेदारहरूलाई निर्देशन दिए । मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत लिए उनी अनुगमनमा पुगेका थिए ।

अनुगमका क्रममा मोरङका सीडीओ काशिराज दाहालले काम नगर्ने ठेकेदार कुन दलको हो भनेर खोजी गरेर दलको सोर्सफोर्स लगाएर सडक निर्माणको काम अगाडि बढाउन सकिने सुझाव मन्त्रीलाई दिएका थिए ।

उनले काम नगर्ने ठेकेदारलाई दलले संरक्षण गर्ने परिपाटीलाई हटाइदिन समेत मन्त्रीलाई आग्रह गरे ।

सुनसरीका सीडीओ इन्द्रदेव यादवले सुनसरीको दुहबीदेखि अधिकांश क्षेत्रमा समस्या देखिएको बताए ।

दुहबी तथा इटहरीको विराटनगर लाइनमा पनि स्थानीयको विरोधले काम अगाडि नबढेको तथा कतै बिजुलीको पोल सार्न ढिलाइ हुँदा समस्या भएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x