×

मतदाता नामावली दर्ता गर्न नपाउँदा नाराबाजी

पुस १९, २०७८

दर्ता  फारामको अभाव  भएपछि  मतदाता  हुन  चाहनेहरू गुनासो गर्दै घर फर्किनुपरेको छ। निर्वाचन आयोग  काठमाडौँमा  मतदाता  नामावलीका लागि   दर्ता   गराउन   घण्टौँसम्म   लाम लागेकाहरूले फाराम नपाएपछि रुष्ट भएका थिए । कार्यालयका कर्मचारीले नामावली दर्ता फाराम सकिएको जनाउ दिएपछि नाराबाजी भयो र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो। आयोगको काठमाडौँस्थित कार्यालयमा उपत्यकाबाहिरका    बासिन्दाले    मतदाता नामावली  दर्ता  गर्न  पाउने  व्यवस्था  छ।
 सर्लाहीका शशीप्रसाद गुप्ताले तीन दिनदेखि आफूले मतदाता नामावली दर्ता गर्न फाराम नपाएर  फर्किनुपरेको  गुनासो  गर्दै  भने, “हरेक  दिन  आएर  लाइनमा  बस्छु।  तर सधैँ  फाराम  सकियो  भनिन्छ,  आज  पनि पाइएन।” आयोगका   कर्मचारीले   ३५०   भन्दा बढी फाराम वितरण गर्न नसकिने जानकारी दिएपछि  भीड  भड्किएको  थियो।  गत मङ्सिर  २३  गतेदेखि  सञ्चालन  भएको डेस्कमा  आइतबार  अन्य  दिनभन्दा  दोब्बर नागरिक पुगेका थिए। आयोगका  सूचना  अधिकारी  सूर्यप्रसाद अर्यालले भने, “दोस्रो चरणको मतदाता नामावलीको   समय   सोमबार   सकिँदैछ। त्यसैले    मानिसहरू    हतारिएका    हुन्।”
आयोगले निर्वाचनको मिति घोषणा नभएसम्म तेस्रो चरणको मतदाता नामावली सङ्कलनको अभियान जारी राख्ने जनाएको छ। गोरखापत्रमा खबर छ ।


Advertisment

Advertisment
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x