×

डिजिटल भुक्तानीको बढ्दो क्रम रोकियो

पुस २२, २०७८

तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । साथै, कारोबार संख्यामा पनि कमी आएको छ ।


Advertisment

कोरोना महामारीका कारण पछिल्लो समय नेपालमा अनलाइन भुक्तानीको प्रचलन ह्वात्तै बढेको थियो । तर, कात्तिकमा एकाएक यसमा संकुचन आएको छ । कोरोना त्रास कायमै रहेको बेला अनलाइन माध्यमबाट हुने भुक्तानी घट्नुलाई महत्त्वका साथ हेरिएको छ ।


Advertisment

गत आवको समीक्षा अवधिको तुलनामा अनलाइन भुक्तानी बढी नै छ । तर, चालू आवको मासिक तथ्यांकको आधारमा कात्तिकमा अनलाइन भुक्तानीमा संकुचन आएको हो । तथ्यांकअनुसार गत असोजमा मोबाइल बैंकिङमार्फत ८७ अर्ब ७३ करोड कारोबार भएको थियो । कात्तिकमा त्यो ७८ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।

कनेक्ट आईपीएसमार्फत असोजमा रू. २ खर्ब ३९ अर्ब १४ करोड कारोबार भएको थियो । तर, कात्तिकमा त्यो रू. २ खर्ब ३ अर्ब ३ करोडमा सीमित भएको छ । यसैगरी गत असोजमा १४ अर्ब ४२ करोड रुपैयाँ रहेको वालेट कारोबार कात्तिकमा १३ अर्ब ९४ करोडमा झरेको छ । यस्तै, कात्तिकमा क्यूआर बेस पेमेन्ट, इन्टरनेट बैंकिङ, आईपीएसलगायत अनलाइन भुक्तानी माध्यमबाट भएका कारोबार पनि कम छ ।  

वालेटमार्फत गत असोजमा १ करोड ३५ लाख ६५ हजारओटा कारोबार भएको थियो । तर, कात्तिकमा त्यो १ करोड ३० लाख ३० हजारमा झरेको छ ।

यस्तै, मोबाइल बैंकिङबाट असोजमा १ करोड ३७ लाख ६४ हजारओटा कारोबार आएको थियो । तर, कात्तिकमा १ करोड २६ लाख १५ हजारमा सीमित भएको तथ्यांकले देखाएको छ । डिजीटल भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार संख्यामा कमी आएको राष्ट्र बैंकको भनाइ छ । अनलाइन भुक्तानीका लागि डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसलाई प्रमुख माध्यमको रूपमा लिइन्छ । तर, कात्तिकमा यीनै माध्यमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ । साथै, मङ्सिरमा पनि डिजिटल कारोबारमा कमी आएको हुन सक्ने बताइएको छ । तर, यस सम्बन्धमा यकिन तथ्यांक तयार नभएको राष्ट्र बैंकको भनाइ छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x