जेठ ६, २०७९
स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो तर देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको...
काठमाडाैं | माघ ५, २०७८
काठमाडौँ उपत्यकाको सडकमा निस्किएको सवारी साधनका लागि बाटो खुला नहुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने गरेको छ ।
उपत्यकाको पार्किङ व्यवस्थापन नहुँदा त्यस्ता सवारी साधन सडकको सडकमै रहने अवस्था छ ।
काठमाडौँको अति व्यस्त नयाँ सडक क्षेत्रमा दैनिक हजारौँ मानिस किनमेलका लागि जान्छन् । कतिपय अवस्थामा ट्राफिक प्रहरीले नयाँ सडकको प्रवेशद्वारदेखि नै ट्याक्सीलगायत भाडाका सवारी साधन भित्र जान दिँदैन तर पठाइएकाले पनि पार्किङ पाउन मुस्किल हुन्छ ।
नयाँ सडक क्षेत्रमा ठूला व्यापार व्यवसायका लागि नयाँ नयाँ व्यापारिक कम्प्लेक्स बन्ने गरेका छन् तर त्यस्ता कम्प्लेक्समा व्यापार गर्न आउनेले सवारी व्यवस्थापनका लागि केही लगानी गरेका हुँदैनन् ।
जसरी पनि कमाउने धन्धा
रञ्जना गल्लीमा निर्माण भएको कोजी कम्प्लेक्स नौतले छ तर त्यसमा भूमिगत पार्किङका लागि संरचना छैन । पार्किङको प्रयोजनका लागि भूमिगत स्थल नभएको पनि होइन त्यस्तोमा पनि पसल कवल भाडामा लगाइएका छन् अथवा भण्डारका लागि प्रयोग भएका छन् । तपाईंका ग्राहकले कहाँ पार्किङ गर्ने ? भन्ने जिज्ञासामा कोजी कम्प्लेक्सका सञ्चालक सुनील अग्रवालले पार्किङ व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूको नभएर स्वयं ग्राहकको नै भएको जवाफ दिए।
यो त पार्किङ नभएकाको समस्या भयो । पार्किङ भएका व्यापारिक कम्प्लेक्सहरूमा अर्को समस्या पनि छ जसरी पनि पैसा कमाउने । कम्प्लेक्स मालिकहरूले पार्किङमा ग्राहक वा अन्यका मात्र होइन आफैँकहाँ काम गर्ने कर्मचारीलाई सवारी साधन निःशुल्क राख्न दिँदैनन् ।
नयाँ सडकस्थित ताम्राकार कम्प्लेक्सको पार्किङमा काम गर्दै आएका मदन चौधरीले आफूले काम गर्ने पार्किङमा आफ्नै मोटरसाइकल राख्न भाडा तिर्नुपरेको बताए। उनले भने, “सुरुमा मालिकले यहाँ मोटरसाइकल नराख्नू भने। पछि महिनाको एक हजार रुपियाँ तिरेर मोटरसाइकल पार्किङ गर्दै आएको छु । पार्किङको एक हजार रुपियाँ काटेर मात्र तलब आउँछ ।” गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।
स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो तर देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित ...
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय ...
निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने क...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको ह...
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैत...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...