२८ जेठ २०८३, बिहीबार

उपत्यकामा अस्तव्यस्त यातायात : पार्किङका नाममा कमाउने धन्दा !

माघ ५, २०७८
उपत्यकामा अस्तव्यस्त यातायात : पार्किङका नाममा कमाउने धन्दा !
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

काठमाडौँ उपत्यकाको सडकमा निस्किएको सवारी साधनका लागि बाटो खुला नहुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने गरेको छ ।

उपत्यकाको पार्किङ व्यवस्थापन नहुँदा त्यस्ता सवारी साधन सडकको सडकमै रहने अवस्था छ ।

काठमाडौँको अति व्यस्त नयाँ सडक क्षेत्रमा दैनिक हजारौँ मानिस किनमेलका लागि जान्छन् । कतिपय अवस्थामा ट्राफिक प्रहरीले नयाँ सडकको प्रवेशद्वारदेखि नै ट्याक्सीलगायत भाडाका सवारी साधन भित्र जान दिँदैन तर पठाइएकाले पनि पार्किङ पाउन मुस्किल हुन्छ ।

नयाँ सडक क्षेत्रमा ठूला व्यापार व्यवसायका लागि नयाँ नयाँ व्यापारिक कम्प्लेक्स बन्ने गरेका छन् तर त्यस्ता कम्प्लेक्समा व्यापार गर्न आउनेले सवारी व्यवस्थापनका लागि केही लगानी गरेका हुँदैनन् ।

जसरी पनि कमाउने धन्धा
रञ्जना गल्लीमा निर्माण भएको कोजी कम्प्लेक्स नौतले छ तर त्यसमा भूमिगत पार्किङका लागि संरचना छैन । पार्किङको प्रयोजनका लागि भूमिगत स्थल नभएको पनि होइन त्यस्तोमा पनि पसल कवल भाडामा लगाइएका छन् अथवा भण्डारका लागि प्रयोग भएका छन् । तपाईंका ग्राहकले कहाँ पार्किङ गर्ने ? भन्ने जिज्ञासामा कोजी कम्प्लेक्सका सञ्चालक सुनील अग्रवालले पार्किङ व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूको नभएर स्वयं ग्राहकको नै भएको जवाफ दिए।

यो त पार्किङ नभएकाको समस्या भयो । पार्किङ भएका व्यापारिक कम्प्लेक्सहरूमा अर्को समस्या पनि छ जसरी पनि पैसा कमाउने । कम्प्लेक्स मालिकहरूले पार्किङमा ग्राहक वा अन्यका मात्र होइन आफैँकहाँ काम गर्ने कर्मचारीलाई सवारी साधन निःशुल्क राख्न दिँदैनन् ।

नयाँ सडकस्थित ताम्राकार कम्प्लेक्सको पार्किङमा काम गर्दै आएका मदन चौधरीले आफूले काम गर्ने पार्किङमा आफ्नै मोटरसाइकल राख्न भाडा तिर्नुपरेको बताए। उनले भने, “सुरुमा मालिकले यहाँ मोटरसाइकल नराख्नू भने। पछि महिनाको एक हजार रुपियाँ तिरेर मोटरसाइकल पार्किङ गर्दै आएको छु । पार्किङको एक हजार रुपियाँ काटेर मात्र तलब आउँछ ।” गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्