असार १४, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि जोखिम बनेका रुखपोलहरू हटाइने भएको छ । रिठेपानी डाँडास्थित जोखिमजन्य अवस्थामा रहेका रुख–पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र न...
बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफूल र तरकारीको आयु निकै कम हुन्छ । समयमै बिक्री नभएको खण्डमा बिग्रिएरसमेत जाने गरको छ तर शीतभण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मूल्यसमेत पाउँदै आएको छ ।
स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।
नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको छ । गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका छ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ । अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।
सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् । केरालाई बढीमा १५ दिन र स्याउ, अनारलगायतका फलफूललाई दुई महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने सञ्चालक ज्ञवालले जानकारी दिए ।
अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ, आलु र केरा राखिएको छ । उक्त भण्डारण गृहमा राखिएको फलफूल तथा तरकारी बागलुङ बजार, हटिया, खर्वाङ, गुल्मी तथा बुर्तिवाङ बजारमा बिक्री गरिँदै आएको छ । भण्डारण गृहको खर्च र विद्युतीकरणको खर्च जोडेर फलफूल बिक्री गर्ने गरेको समूहले जनाएको छ । मागअनुसार बजारमै विक्रीवितरणको समय त भण्डारण गृहले नै व्यवस्था गर्नेछ । रासस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि जोखिम बनेका रुखपोलहरू हटाइने भएको छ । रिठेपानी डाँडास्थित जोखिमजन्य अवस्थामा रहेका रुख–पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र न...
खराब मौसमका कारण दुर्गममा मंगलवार तारा एअरको कुनै पनि उडान हुन सकेको छैन । काठमाडौंबाट लुक्ला, फाप्लुमा हुने सम्पूर्ण उडान रद्द गरिएका छन् । नेपालगन्ज तथा सुर्खेतबाट...
अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरका...
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटवार्तामा चेम्बरका पदाधिक...
सञ्चालनमा आएको छोटो समयमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) विदेशी विमान कम्पनी र यात्रुको रोजाइमा परेको छ । २०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि विमानस्थलले व्यावसायि...
लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्य...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...