असार १५, २०७९
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
बुटवल | माघ १२, २०७८
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
३ पदका लागि सत्तारुढ दलले चुनावी गठबन्धन बनाएर साझा उम्मेदवार उठाएका थिए भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
लुम्बिनी प्रदेशबाट कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् ।
कांग्रेसबाट उम्मेदवार बनेका बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका रुपन्देहीका तुलबहादुर विश्वकर्मा भारी मतका साथ विजयी भएका छन् ।
विजयी उम्मेदवारहरू पार्टीका पुराना नेतामा पर्छन् । पार्टीमा योगदान गरेका तर अवसर नपाएकाहरू राष्ट्रिय सभामा पुगेका हुन् ।
को हुन् युवराज शर्मा ?
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा युवराज शर्मा उपसभापति थिए । उनी नेपालगञ्ज उपमहानगरपालिका–२ का वासिन्दा हुन् ।
शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक जेल परेका थिए । त्यसपछि पटक–पटक जेल परेका छन् । उनी २०३० सालमा भूमिगत रूपमा पार्टीको जिल्ला सचिव समेत बनेका थिए ।
उनी पूर्व शिक्षक समेत हुन् । वेतहनी विद्यालय, खजुरा आदर्श मावि हुँदै महेन्द्र माविमा पनि उनले पढाए । २०४६ सालमा बाँकेबाट जनआन्दोलनको नेतृत्व नै शर्माले गरेका थिए । त्यसपछि उनी शिक्षण पेशा छाडेर राजनीतिमा पूर्ण रूपले होमिए ।
बाँकेको सभापति हुँदै अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेकै बेला उनलाई पार्टीले राष्ट्रिय सभाको उम्मेदवार बनाएको थियो ।
को हुन् राजेन्द्र लक्ष्मी गैरे ?
राजेन्द्रलक्ष्मी गैरे पाल्पाको रामपुर नगरपालिकामा जन्मिएकी हुन् । अहिले तानसेन–७ प्रभासमा बस्छिन् उनी । २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी थिइन् । त्यो बेला रामतुल्सी मावि रामपुरमा अध्ययन गर्दैगर्दा बहुदल र निर्दलको राजनीतिक संघर्ष थियो । त्यस क्रममा गैरे बहुदलको पक्ष लागिन् ।
उनी २०३९ सालमा अनेरास्ववियूको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमै छिन् । अविवाहित गैरेसँग पाल्पा एमाले जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव रहेको नेकपा (एस) पाल्पा सचिवालय सदस्य पदम गैरेले लोकान्तरलाई जानकारी दिए ।
उनी नेकपा एमाले नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी झिनो मतान्तरले पराजित भइन् भने महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् ।
एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी विरोधमा उत्रिएकी थिइन् । एमाले भित्रको शक्ति संघर्षको परिणाम स्वरूप दल विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी नवगठित दलमा सामेल भइन् । जसले उनलाई राष्ट्रिय सभामा पुर्यायो ।
अहिले उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् । उनी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको भूमिकामा छिन् ।
उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् । एमाले विभाजनपछि नेकपा एसमा लागेसँगै उनले अवसर पाइन् ।
को हुन् तुलप्रसाद विश्वकर्मा ‘राजेश’ ?
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा पार्टीका पुराना कार्यकर्ता हुन् । उनी २०३५ सालदेखि पार्टीमा सक्रिय थिए । उनलाई पार्टीमा राजेश विक भनेर चिनिन्छ ।
जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा पत्रकारिता गरेको अनुभव समेत विकसँग छ । राजमोको जातीय समता समाजको केन्द्रीय अध्यक्ष पनि हुन् उनी ।
विक रक्तिम सांस्कृतिक अभियानका संस्थापक समेत रहेका अखिल छैठौंका निर्वतमान अध्यक्ष विमल पोखेलले लोकान्तरलाई जानकारी दिए ।
उनी सैनामैना नगरपालिका मुर्गियावासी हुन् । उनको जन्म बागलुङमा २०१५ सालमा भएको हो । बागलुङको गलकोटमा जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्मको अध्ययन गरेका उनले केही वर्ष शिक्षण पेशा पनि अँगालेका थिए । अहिले राजनीति गरेर अन्तिममा नेतृत्वमा पुग्ने अवसर मिलेकोमा उनी खुशी छन् ।
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले यस्तो सोचबाट मुक्त हुन आग्रह गरेका छन् । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५औं वार्षिकोत्सव, कृति वि...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोल...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपाल...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...