×

NMB BANK
NIC ASIA

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण

माघ १५, २०७८

NTC
Premier Steels

म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । 

Muktinath Bank

पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर यसै महिनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । 

Vianet communication

नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु. एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका वासिन्दाले रु. २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए । 

अधिग्रहण भएको घरको भुइतला मुनी भूमिगत नाला बनाएर बाढी ब्यवस्थापन गर्ने बनाइएको छ । भुइतलाको सटर सहित तीन वटा कोठा भाडामा लगाउन मासिक न्युनतम रु. ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको छ । 

पहिलो तलाको तीन वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुननिर्माण गरेर कार्यालय स्थापना गर्न रु. दश लाख खर्च भएको वडा अध्यक्ष बराइलीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x